७ जेष्ठ २०८१, सोमबार

कोलोराडोमा हुने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा नायिका रेखा थापा पनि सहभागी हुने

कोलोराडोखबर संवाददाता , March 5th, 2024

कोलोराडो । नेपाली नायिका रेखा थापा अमेरिकाको कोलोराडोमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सहभागी हुने भएकी छिन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद्को आयोजनामा आगामी शनिबार अर्थात मार्च ९ तारिखका दिन कोलोराडोमा अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम हुने भएको छ । ९ मार्च २०२४ (शनिबार) का दिन कोलोराडोस्थित नेपाली घरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

केही समयदेखि अमेरिकाको कोलोराडोमा रहँदै आएकी चर्चित नेपाली नायिका थापाले सोही स्थानमा पहिलो सन्तान छोरीलाई पनि जन्म दिएकी छिन् ।

उनले निर्माण गरेको चलचित्र उपहार पनि यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । एकातिर उनी आमा बन्दै गर्दा अर्कोतिर उनी अभिनित फिल्म ‘उपहार’ प्रदर्शनमा आउँदैछ । यसर्थ फागुन महिना उनका लागि विशेष देखिएको छ । अमेरिकामा रहँदा पनि उनले आफ्नो चलचित्रलाई प्रमोसन गरिरहेकी छिन् ।

रेखा आगामी बैशाखमा श्रीमान् र सन्तानसहित नेपाल आउने छिन् ।

अमेरिकाको कोलोराडोमा नेपाली नायिका रेखा थापाले छोरी जन्माइन्

प्रतिक्रिया दिनुहोस्