अति विपन्न बालबालिकाहरुको लागि एन्फा फुटवल क्लिनिक सञ्चालन
नेपाल (रौतहट) । रौतहटमा अति विपन्न बालबालिकाहरुको लागि एन्फा फुटवल क्लिनिकको चन्द्रपुर नगरपालिका वडा नं २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।
बालबालिकाकहरुलाई खेल मार्फत शसक्त बनाउनका लागि एएफसी ड्रिम एसिया फाउन्डेसन र एएफसी सिएसआर समितिको कार्यक्रम अन्तर्गत बालबालिकाको क्षमता वृद्धि र कल्याणका लागि एन्फाले यस क्षेत्रमा समेत फुटवलमा लगानीको वातावरण श्रृजना गरेको छ ।
कार्यक्रमको अध्यक्षता रौतहट फुुटवल संघका अध्यक्ष भगवान दर्लामीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल फुुटवल संघका केन्द्रिय अध्यक्ष दावा लामा रहनु भएको थियो ।
त्यस्तै भने विशिष्ट अतिथि मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की, हेड अफ ग्रासरुट पंकज शाही, रौतहट फुटवल संघका कोषाध्यक्ष सुवोध गिरी, विद्यालयका प्रधानँध्यापक कमला थापा, विद्यालय व्यवस्थापन समित...






