कोलोराडो । बिहीबार राति पौने १० बजे वाफ च्याम्पियनसिप को उपाधिका लागि नेपाली महिला फुटबल टिम जोर्डनसँग भिड्दै छ ।
खेल साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ । नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो । यो
जोर्डन साबिक विजेता हो भने नेपालको यो प्रतियोगितामा ‘डेब्यू’ खेल हो । डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५, २००७, २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालेको थियो ।
उत्कृष्ठ प्रदर्शन गर्दै आएकी नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले फाइनलमा खेल्ने छैनन् । उनी फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित भएकोले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनु पर्ने नियम छ ।
वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन् । जारी खेलमा साबित्राले ९ गोल गरिसकेकी छन् । उनी गोल्डेन बुटकी दाबेदार हुन् ।
प्रतिक्रिया दिनुहोस्