नेपाल । साउदी अरबमा सम्पन्न वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली महिला फुटबल टीमका खेलाडीलाई एन्फाले जनही ५१ हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।
गत बिहीबार साउदी अरबमा भएको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजीत भएको थियो ।
प्रतियोगितामा सहभागी भई फर्केका खेलाडीहरुलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फा अध्यक्ष अध्यक्ष पन्कज नेम्वाङले स्वागत गर्दै सोमबार पुरस्कार दिने घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्