नेपाल । शनिबार सम्पन्न केपी ओली फुटबल कपको दोस्रो संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।
नेकपा एमालेको भाृतृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा १० टोली सहभागी थिए ।
दशरथ रङ्गशालामा भएको फाइनलमा न्यूरोड टीम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रो पटक उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट लगाइएको थियो ।
टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
उपाधि विजेता मच्छिन्द्रले रु ११ लाख र ट्रफी प्राप्त गर्यो भने उपविजेता एनआरटीले रु पाँच लाख प्राप्त गर्यो ।
प्रतिक्रिया दिनुहोस्