अमेरिका । नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च महिला लिगमा व्यक्तिगत पहिलो गोल गरेकी छन् ।
फ्रेन्च लिगमा पहिलो गोल एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहेकी साम्बाले शनिबार राति लिलविरुद्ध उक्त गोल गरेकी हुन् ।
साउदी अरबमा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी साम्बा त्यहाँबाट फान्स गएकी थिइन् । वाफ वुमन्सको अन्य खेलमा उनले ९ गोल गरेकी थिइन् ।
वैकल्पिक खेलाडीको रूपमा ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी साम्बाले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरेकी थिइन् ।
लिलविरुद्ध खेल २–० ले जितेपछि भण्डारीको क्लब ग्वेंगाम्प १६ खेलबाट १५ अंकसहित तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्