१७ कार्तिक २०८१, शनिबार

साफ १६ वर्ष मुनिको महिला च्याम्पियनशिपमा नेपालद्वारा भुटान ३-० गोलले पराजित

कोलोराडोखबर संवाददाता , March 5th, 2024

नेपाल । साफ यू-१६ महिला च्याम्पियनशिपमा नेपाल विजयी भएको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले भूटानलाई ३-० गोलले पराजित गरेको हो ।

यो जीतसँगै शीर्ष २ मा पुग्ने झिनो सम्भावनालाई कायम राखेको छ । खेलको १४औं मिनेटमा पूजा गिरीले गोल गर्दै नेपाललाई अग्रता दिएकी थिइन् । १८ औं मिनेटमा कप्तान भूमिका बुढाथोकीले गोल गर्दै घरेलु टीमको अग्रता दोब्बर पारिन् । नेपालको लागि तेस्रो गोल ग्यान्छु डोल्मा लोले खेलको ३० औं मिनेटमा गरेकी थिइन् ।

खेलको दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल भएन र नेपालले खेल ३-० ले जित्यो ।

प्रतियोगितामा सुरुवाती दुई खेल गुमाएको भूटान च्याम्पियनशिपबाट बाहिरिएको छ । अब नेपालले भारतसँग हुने खेलमा जीत निकाल्न सके र बंगलादेशलाई भूटानले फराकिलो गोल अन्तरले पराजित गर्न सकेमात्रै नेपालले फाइनल यात्रा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्