१० श्रावण २०८३, आईतवार

रास्वपा सांसदमाथि कालो मसी प्रहार हुनु निन्दनीयः गगन थापा

कोलोराडोखबर संवाददाता , July 26th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका प्रतिनिधिसभाका सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गरेका छन्।

सभापति थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै लोकतन्त्रमा विचार फरक हुनसक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गरे। कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ छ।

सभापति थाापाले सांसद पौडेलमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गरे उनले असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्