नेपाल । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गरेका छन्।
नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा लक्षित यस्तो टिप्पणी गरेका हुन्।
महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खडा भएको आरोप लगाए। नयाँ शक्तिहरूको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वतः पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ।
उनले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए। पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे।
पोखरेलले पपुलिजमको असफलतापछि सिर्जना हुने राजनीतिक भविष्यलाई सही दिशा दिन राजनीतिक दलहरूले समयमै सोच्नुपर्नेमा जोड दिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्