प्रतिनिधि सभा निर्वाचन एकै चरणमा सम्पन्न हुन्छ, ढुक्क हुनुहोस्: प्रधानमन्त्री
नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउनुभएको छ ।
निर्वाचनको मतपत्र छपाइ गरिरहेको भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेपछि बिहीबार प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइका लागि उत्साहजनक रूपमा काम गरिरहेको आफूले पाएको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।
जनक शिक्षाका अनुसार बिहीबारसम्ममा प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार थान मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।
छापिएका मतपत्रमध्ये डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चु...









