राष्ट्रपति रामचन्द्र पौडेल र जापानका प्रधानमन्त्री सनाय तकाइचीसँग शिष्टाचार भेट
नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले जापानका प्रधानमन्त्री सनाय तकाइचीसँग शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिको सम्बन्ध अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनु भएको छ । उहाँले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताउनुभएको छ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनायले मंगलबार गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका क्षेत्रमा गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण र संस्कृति जगेर्ना गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुगेको उहाँको भनाइ थियो ।
सो अवसरमा जापानका प्रधानमन्त्र...








