रास्वपाका नेता प्रणय राणा नेपाली कांग्रेसमा प्रवेश
नेपाल । काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्य टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए ।
रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए ।
रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वप...









