२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री अफताव आलमको निधन

नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री अफताव आलमको निधन

नेपाल । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहनुभएका आलमको शनिबार बिहान २ः०० बजे निधन भएको हो । आलमलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरेर राखिएको थियो । पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलमको उपचारका क्रममा शनिबार निधन भएको अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले जानकारी दिनुभयो । आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । विजयी भएसँगै विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित हुन...
कुलमानले हटाएका प्राधिकरणका निवर्तमान एमडी शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

कुलमानले हटाएका प्राधिकरणका निवर्तमान एमडी शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार उक्त विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, “अन्तरवस्तु र प्रस्तुत रिट निवेदनको तथ्य, कानुनी प्रश्नलगायतका विषयहरू समान भएको र प्रस्तुत रिट निवेदनमा अन्तरिम आदेशको माग गरेको विषयमा प्रस्तुत मुद्दाको अन्तिम सुनुवाइ र निर्णय हुँदा रिट निवेदकले उठाएको संवैधानिक एवं कानुनी प्रश्नमा आवश्यक व्याख्या भई निरुपण र सम्बोधन हुनसक्ने विषय देखिए समेतबाट ती सम्पूर्ण मुद्दाहरू र प्रस्तुत मुद्दासमेत साथै रात्रि निर्णय गर्नु उपयुक्त र आवश्यक हुँदा हाल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन”, अदालतले आगामी मङ्सिर ९ गतेका लाग...
सौराहामा रास्वपाको विस्तारित बैठक सुरु

सौराहामा रास्वपाको विस्तारित बैठक सुरु

नेपाल । शुक्रबारदेखि रास्वपाको विस्तारित बैठक सौराहामा सुरु भएको छ । विस्तारित बैठक सुरु हुनुअघि पार्टीको केन्द्रीय समितिको बैठकले कार्यतालिका अनुमोदन गरेको थियो । पार्टीका प्रवक्ता मनीष झाका अनुसार कार्यतालिकासँगै पार्टीको आन्तरिक र राजनैतिक विषयमा छलफल भएको हो । केन्द्रीय समितिको बैठकपछि विस्तारित बैठक सुरु भएको उहाँले बताउनुभयो । दुई दिन चल्ने बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गरेका छन् । विस्तारित बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक र अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि प्रतिबद्धता पत्रको मस्यौदा पेस गर्नुहुनेछ । बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्था बारेमा धारणा राख्नुहुनेछ...
बालेन साहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्यूरोमा दियो उजुरी

बालेन साहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्यूरोमा दियो उजुरी

नेपाल । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले बिहीबार उजुरी दिएको हो । संघका उपाध्यक्ष महाराज गुरूङले आफूहरुले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको र उहाँहरुले कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने बताउनुभयो जानकारी दिनुभयो ।...
एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छुः प्रधानमन्त्री

एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छुः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एकजना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताउनु भएको छ। द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो । आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो । सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्याङ्कन गर्न काठमाडौँ आइपुगेको छ । लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताउनु भयो । सरकारले आगामी फागुन २१ गते तोकिएको नि...
काँग्रेस बैठकमा नेताहरुले राखे त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने धारणा

काँग्रेस बैठकमा नेताहरुले राखे त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने धारणा

नेपाल । नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्ने केन्द्रीय सदस्यहरूले जेनजी विद्रोहका सन्दर्भमा गहन समीक्षा गरी त्रुटि स्वीकारेर क्षमायाचना गर्नुपर्ने बताउनुभएको हो । नेताहरूले भावी कार्यदिशा निर्धारण गर्नुपर्ने ऐतिहासिक दायित्व पनि कांग्रेसमाथि रहेको र यो निर्णय पार्टी र लोकतन्त्रसँग समग्र राष्ट्रिय एकता र भविष्यसँग जोडिने बताउनुभयो । केन्द्रीय सदस्यहरूले कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि गर्नुभएको छ । नेताहरूले १५ औँ महाधिवेशनको कार्यताल...
गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्छ !

गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जानुपर्छ !

नेपाल । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भावी प्रधानमन्त्रीका रूपमा पार्टीले गगन थापालाई अघि सारेर चुनावमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा सहमहामन्त्री मन्सुरले जनताको चाहना र नेताको प्रभावका आधारमा गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जानुपर्ने बताएका हुन् । । महामन्त्री थापाको सक्रियताले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनका लागि हस्ताक्षर सम्भव भएको उनले बताए । सहमहामन्त्री मन्सुरले संस्थापन पक्षबाट भनि आएको महाधिवशेनको कार्यतालिकाप्रति आफ्नो समर्थन नरहेको बताए ।...
जाँचबुझ आयोगसमक्ष बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

जाँचबुझ आयोगसमक्ष बयानका लागि रविलाई सिंहदरबार ल्याइयो

नेपाल । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइयो । जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो । उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गरेको थियो । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए । आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।...
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित विभिन्न दश वामपन्थी पार्टीबिच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो । एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यक...
रामकुमारी झाँक्री नेकपा एमालेमा फर्कंदै

रामकुमारी झाँक्री नेकपा एमालेमा फर्कंदै

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता रामकुमारी झाँक्री र निवर्तमान सांसद किसान श्रेष्ठले नेकपा एमालेमा फर्कने घोषणा गरेका छन् । झाँक्रीसहितको पत्रकार सम्मेलनमा नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले)ज मा फर्कन लागेको जानकारी दिनुभएको हो । अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभयो । आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उहाँको भनाइ थियो । “हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन कि घर फर्कने अभियानमा जुटेका छौँ,” उहाँले भन्नुभयो । एमालेमा आफूहरू कुनै पदको आस गरेर जान नलागेको उहाँले स्पष्ट पार्नुभयो । “हामी घर फर्कने क्रममा एमालेसँग वार्ता संवादमा छौँ, देशभरिका नेता कार्...