२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त

मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त

नेपाल । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नु भएको छ । प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ । पदमुक्त हुनेहरुमा सर्लाहीका नागरिक उनमुक्ति पार्टीका प्रदेशसभा सदस्य उर्मिला देवी सिंह , सप्तरीका जसपा नेपालका प्रदेशसभा सदस्य मनिष कुमार सुमन, सर्लाहीका प्रदेशसभा सदस्य संजयकुमार यादव, सर्लाहीका सिंहासन सा कलवार र बाराका प्रदेशसभा सदस्य सारदा शंकरप्रसाद कलवार रहनुभएको छ । प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनाअनुसार लगातार दस वटा बैठकमा अनुपस्थित रहेका कारण उहाँहरूको पद रिक्त भएको बताइएको हो । नेपालको संविधानको धारा १८२(६) र प्रदेशसभा नियमावली २०७५ को नियम १८५ बमोजिम पद रिक्तसम्बन्धी सूचना जारी...
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित

नेपाल । नेकपा एमालेका पूर्व नेता, मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । उक्त अवसरमा नेता रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताए । नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए ।...
पार्टी प्रवेश गर्ने नेताहरू जिम्मेवारीविहीन हुनु पर्दैनः महासचिव पोखरेल

पार्टी प्रवेश गर्ने नेताहरू जिम्मेवारीविहीन हुनु पर्दैनः महासचिव पोखरेल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइने बताएका छन्। ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्दर्भमा आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताएका हुन् । महासचिव पोखरेलले पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताए । ...
पुसभित्र महाधिवेशन गर्न काँग्रेस नेताहरुको प्रस्ताव

पुसभित्र महाधिवेशन गर्न काँग्रेस नेताहरुको प्रस्ताव

नेपाल । नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो । उहाँहरुले पुसभित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँहरूले विशेष महाधिवेशन गर्दा पार्टीमा विग्रह आउन सक्ने भएकाले नियमित महाधिवेशन तयारीमा जुट्न ध्यानाकर्षण गराउनुभयो । केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गर्ने पक्षलाई पनि समेट्न आग्रह गर्नुभयो । बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा। शशाङ्क कोइराला, बलबहादुर केसी, डा. नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जितजङ्ग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले बोल्नुभयो ।...
निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन

निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ । निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा यही कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञसदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव छन् । ...
मतदाता नामावली दर्ता गर्न आयोगको आग्रह

मतदाता नामावली दर्ता गर्न आयोगको आग्रह

नेपाल । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ। कात्तिक मसान्तसम्म नामावलीमा नाम दर्ता गर्न पाइने छ । आयोगले मिति २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन आग्रह गरेको हो । आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर सो मितिसम्म १८ वर्ष नपुगेका नागरिकहरू आगामी निर्वाचनमा मतदान गर्न योग्य नहुने हुँदा उनीहरूले निर्वाचन सम्पन्न भएपछि मात्र मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। नाम दर्ता स्थलहरूमा सेवाग्राहीको अधिक चाप देखिएपछि सहज सेवा प्रवाहका लागि विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ । जेनजी आन्दोलन पछि बनेको सरकारले फागुन २१ गते निर्वाचनको मिति यसअघि नै घोषणा गरेको छ ।...
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान

नेपाल । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका समबेधन गरिनेछ । “मेलम्ची खानेपानी विकास समितिको गठन आदेश, २०७९ जारी भएपछि अर्थ मन्त्रालयबाट पुँजीगत रकम निकासा प्रक्रियामा देखिएको प्राविधिक जटिलताको कारणले आव २०७९/८० देखि हालसम्म रकम निकासा हुन नसकेको विषयलाई फुकाउनका लागि स्थानीय तहबाट प्राप्त लिखित सहमति समेतको आधारमा मेलम्ची खानेपानी विकास समिति सञ्चालक समितिबाट भएको निर्णय बमोजिमको मस्यौदा तयार गरी संशोधनका लागि सम्बन्धित निकायमा पेस गरिनेछ”, ...
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

नेपाल । कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले सोमबार परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ । उत्पादनमूलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिने छन्। परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ । शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ । तर, कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने छ । दक्षिण कोरिया...
संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचनः गगन थापा

संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानलाई सही मार्गमा ल्याउने एकमात्र बाटो निर्वाचन भएको र यसमा कुनै द्विविधा नरहेको बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीभित्र हस्ताक्षर भइरहेको अवस्थामा महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा गरेका हुन् । उनले संसद पुनर्स्थापना भन्दा ताजा जनादेश नै उपयुक्त बाटो भएको आशय व्यक्त गरेका हुन् । थापाको स्टाटसः फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा हो...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण नियुक्त हुँदै

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण नियुक्त हुँदै

नेपाल । सरकारले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकलेमधेश प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्नका लागिसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।...