१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

प्रधानमन्त्रीसमक्ष २३ र २४ को घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष २३ र २४ को घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदन पेस

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो । भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरू...
हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२० उम्मेदवार विजयी

हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२० उम्मेदवार विजयी

नेपाल । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२० क्षेत्रमा विजयी भएकोे छ । रास्वपाका उम्मेदवारले ५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा०) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ ।...
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जित्यो १७ सिट

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जित्यो १७ सिट

नेपाल । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १७ स्थानमा जित हासिल गरेको छ । १६५ स्थानमा भएको प्रत्यक्षतर्फ यसअघिको सबैभन्दा ठूलो दल कांग्रेसले यसपालि मात्र १७ सिटमा चित्त बुझाएको हो । यी १७ सिटमा एक जनामात्र महिला निर्वाचित भएकी छिन् । दैलेखबाट बासना थापामात्र निर्वाचित हुँदा बाँकी १६ निर्वाचित सांसदहरु पुरुष हुन् । कोशी प्रदेशका जिल्लाहरुमा तेह्रथुमबाट सन्तोष सुब्बा, पाँचथरबाट नरेन्द्रकुमार केरुङ, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की निर्वाचित भए । मधेसबाट रौतहट १ का उम्मेदवार मोहम्मद फिरदोश आलममात्र विजयी भए । बागमती प्रदेशतर्फ रसुवाका मोहन आचार्य निर्वाचित भए । गण्डकी प्रदेशका मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भए । लुम्बिनी प्रदेशका पाल्पा १ बाट सन्दीप राना, कपिलबस्तु ३ बाट अभिषेकप्रताप शाह निर्वाचित भए । कर्णाली प्रदेशमा मुगुका खड्ग शाह...
धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय

धनुषा-१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय

नेपाल । निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार आइतबारनै धनुषा जिल्ला क्षेत्र नं। १ निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको शाखा अधिकृत (कानून) अरुण अधिकारीले बताए । आयोगले यही फागुन १८ गते धनुषा जिल्ला क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको प्रमाण प्राप्त भएको भन्दै खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेकाले सो सम्बन्धमा अदालतबाट आदेश नभएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम घोषणा नगर्न नगराउन आयोगको आजको निर्णयअनुसार अनुरोध गरिएको उनले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ...
मतगणना जारीः ३४ स्थानमा रास्वपा विजयी, ८५ स्थानमा अगाडि

मतगणना जारीः ३४ स्थानमा रास्वपा विजयी, ८५ स्थानमा अगाडि

नेपाल । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी हुनुभएको छ भने कांग्रेसले ११ स्थानमा अग्रसरता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० दुई स्थानमा विजयी हुँदा आठ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० एक स्थानमा विजयी आठ स्थानमा अगाडि छ । श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ । यता, समानुपातिकतर्फ हालसम्म गणना भएको एक लाख १२ हजार १२४ मतमध्ये रास्वपाले ६१ हजार ८६७, कांग्रेसले १९ हजार ३५८, एमालेले ११ हजार ४५७...
जनभावनाअनुसार काम गर्ने रास्वपा सभापति रवि लामिछानेको प्रतिबद्धता

जनभावनाअनुसार काम गर्ने रास्वपा सभापति रवि लामिछानेको प्रतिबद्धता

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उहाँले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ । प्रतिपक्षलाई होच्च्याउनु हुँदैन । लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ ।”...
निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई एमाले उपाध्यक्ष पौडेलको आह्वान

निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई एमाले उपाध्यक्ष पौडेलको आह्वान

नेपाल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई आह्वान गरेका छन् । राजनीति यात्रामा उतारचढाव आइरहने उनको भनाइ छ। उनले भनेका छन्– गतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु । उनले आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित रास्वपाका उम्मेदवार सुलभ खरेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।...
रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा

रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा

नेपाल । काठमाडौं १ मा तेस्रो पटक पराजित भएका राप्रपा नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका छन् । आफ्नो निर्णय सोचिविचारी रहेको भन्दै उनले आजकै मितिबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको बताएका छन् । राजसंस्था पुनःस्थापना र सुशासनका मुद्दामा भने स्वतन्त्र रूपमा आफ्नो अडान यथावत रहने उनको भनाइ छ ।...
अहिले आएको निर्वाचन परिणाम अप्रत्याशित होइनः विश्वप्रकाश शर्मा

अहिले आएको निर्वाचन परिणाम अप्रत्याशित होइनः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् । उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् । उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए ।...
फागुन २१ गते सबै मतदातालाई निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

फागुन २१ गते सबै मतदातालाई निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।” यही फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दै भन्नुभएको छ, “निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो ।” प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा ...