७ बैशाख २०८३, सोमबार

हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२० उम्मेदवार विजयी

कोलोराडोखबर संवाददाता , March 8th, 2026

नेपाल । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२० क्षेत्रमा विजयी भएकोे छ । रास्वपाका उम्मेदवारले ५ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १५६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा०) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्