१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ?

प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ?

नेपाल । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सबै १६५ क्षेत्रको मतगणना सकिएको छ । एक स्थान धनुषा–१ को मतगणना सम्पन्न भएपनि आयोग र अदालतले रोके पनि मत परिणाम सार्बजनिक गरिएको छ र सो क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी घोषित गरिएको छ । सर्वोच्च अदालतले आदेश दिएपछि सोहि अनुसार हुने गरि आयोगले अहिलेको मतगणनाअनुसार परिणाम सार्बजनिक गर्दै यादवलाई प्रमाण पत्र दिएको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्ण जित हासिल गर्दै १२५ सिट जितेको छ । त्यस्तै नेपाली काँग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट जितेको छ । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । त्यस्तै राप्रपाले एक सिट जितेको छ भने स्वतन्त्र उम्मेदार एक जना महावीर पुनले जित हासिल गरेका छन् । यस पटक प्रत्यक्षमा मधेशवादी दल र नागरिक उन्मुक्...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रवि र बालेनलाई दिए बधाइ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रवि र बालेनलाई दिए बधाइ

नेपाल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई चुनावमा रास्वपाको शानदार विजयका लागि बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा टेलिफोन गरी विजयका लागि बधाई दिएको उल्लेख गरेका छन् । आगामी सरकारका लागि पनि शुभकामना व्यक्त गर्दै आपसी समृद्धिका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले लेखेका छन्, ‘दुवै नेताहरूलाई उनीहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गरेँ र दुई देशको पारस्परिक समृद्धि, प्रगति र कल्याणका लागि काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेँ ।’ उनले संयुक्त प्रयासले आगामी समयमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।...
समानुपातिकमा रास्वपाले पायो ४९ लाख बढी मत

समानुपातिकमा रास्वपाले पायो ४९ लाख बढी मत

नेपाल । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार बिहान ५ः५० बजेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ । निर्वाचन आयोगकाअनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले) ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ ।...
‘बालेन आफैंले क्याबिनेट टिम छनोट गर्नुहुन्छ, भनसुन नगर्नु !’

‘बालेन आफैंले क्याबिनेट टिम छनोट गर्नुहुन्छ, भनसुन नगर्नु !’

नेपाल । रास्वपा केन्द्रीय सदस्य तथा प्रभावशाली नेता असिम शाहले मन्त्री बन्नका लागि भनसुन र मिडिया ट्रायल नगर्न नवनिर्वाचित सांसदहरुलाई आग्रह गरेका छन् । अत्यधिक बहुमतसहित रास्वपाको सरकार बन्ने निश्चित भएपछि सांसदहरुले मन्त्रीको चर्चा गरेसँगै बालेननिकट नेता शाहले प्रधानमन्त्री भएपछि बालेनले नै आफ्नो टिम छनौट गर्ने बताएका हुन् । असिम शाहकै घरमा बालेन र रविसहितको एकता घोषणा र हस्ताक्षर भएको थियो । फेसबुकमा शाहको स्टाटस ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न,मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन,केही नगरे पनि हुन्छ,जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ,उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।’...
नेकपा एमाले मकवानपुरको कावा अध्यक्षमा हिदम लामा

नेकपा एमाले मकवानपुरको कावा अध्यक्षमा हिदम लामा

नेपाल । नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् । आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यबाहक अध्यक्ष बनाएको हो । हालै सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवार पराजय भएसँगै पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा दिएपछि एमाले नेतृत्वमा लामा पुगेका हुन् । लामा भीमफेदी गाउँपालिकाका अध्यक्ष हुन् ।...
गगन थापाले अमरेशलाई दिए बधाई

गगन थापाले अमरेशलाई दिए बधाई

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपा नेता डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूलाई माया, विश्वास र मत दिने त्यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति कृतज्ञतासमेत व्यक्त गरेका छन् । सभापति थापाले सर्लाही ४ मा देखेका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमता भित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।...
राष्ट्रियसभाका १८ नवनिर्वाचित सदस्यहरुको शपथ हुँदै

राष्ट्रियसभाका १८ नवनिर्वाचित सदस्यहरुको शपथ हुँदै

नेपाल । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ सोमबार हुँदैछ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ। शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ। नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ। गत माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनम...
केपी ओलीले सामाजिक सञ्जालमा लेखे-‘बालेन बाबु ! विजयका लागि बधाई’

केपी ओलीले सामाजिक सञ्जालमा लेखे-‘बालेन बाबु ! विजयका लागि बधाई’

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका बालेन शाहलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा विगतमा आफूले तबला दिँदाको फोटो राखेर लेखेका छन्, ‘बालेन बाबु, बिजयका लागि तपाईंलाई बधाई, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना ।’...
निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी

निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी

नेपाल । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने तयारी गरेको छ । आयोगका अनुसार सोही अनुसार काम गरिरहेको जनाएको छ । फागुन २१ गते मतदान सम्पन्न भएपछि आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सुरु गरेको थियो । प्रत्यक्षतर्फको मतगणना सकिएसँगै तत्कालै सम्बन्धित क्षेत्रबाट समानुपातिकतर्फको मतगणना सुरु गरेको छ । मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको मतगणना स्थलमा भइरहेको छ । आइतबार साँझसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगका प्रवक्ता नारायण भट्टराईले बताउनुभयो ।...
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छः प्रधानमन्त्री कार्की

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छः प्रधानमन्त्री कार्की

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताउनुभएको छ । उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उहाँले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौं यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।” उहाँले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गर्नुभएको मेहनतको सराहना गर्नुभएको छ ।...