७ बैशाख २०८३, सोमबार

प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जित्यो १७ सिट

कोलोराडोखबर संवाददाता , March 8th, 2026

नेपाल । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १७ स्थानमा जित हासिल गरेको छ । १६५ स्थानमा भएको प्रत्यक्षतर्फ यसअघिको सबैभन्दा ठूलो दल कांग्रेसले यसपालि मात्र १७ सिटमा चित्त बुझाएको हो ।

यी १७ सिटमा एक जनामात्र महिला निर्वाचित भएकी छिन् । दैलेखबाट बासना थापामात्र निर्वाचित हुँदा बाँकी १६ निर्वाचित सांसदहरु पुरुष हुन् ।

कोशी प्रदेशका जिल्लाहरुमा तेह्रथुमबाट सन्तोष सुब्बा, पाँचथरबाट नरेन्द्रकुमार केरुङ, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की निर्वाचित भए ।

मधेसबाट रौतहट १ का उम्मेदवार मोहम्मद फिरदोश आलममात्र विजयी भए । बागमती प्रदेशतर्फ रसुवाका मोहन आचार्य निर्वाचित भए ।

गण्डकी प्रदेशका मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भए । लुम्बिनी प्रदेशका पाल्पा १ बाट सन्दीप राना, कपिलबस्तु ३ बाट अभिषेकप्रताप शाह निर्वाचित भए ।

कर्णाली प्रदेशमा मुगुका खड्ग शाही, हुम्लाका जयपति रोकाया, जाजरकोटका खडकबहादुर बुढा, सुर्खेत १ बाट विष्णुबहादुर खड्का र दैलेख १ बाट बासना थापा निर्वाचित भइन् ।

सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछामबाट भरतकुमार स्वार, डोटीबाट भरतबहादुर खड्का निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्