२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मतदान हुने, केपी र इश्वर मैदानमा

एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मतदान हुने, केपी र इश्वर मैदानमा

नेपाल । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मंगलबार अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने भएको छ । केपी ओली र इश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अन्य पदमा पनि दुबै पक्षले प्यानल बनाएका छन् । अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ । निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ । यसैले दिउँसो १ बजेदेखि भनिएको मतदान ४ बजेपछि शुरु हुने भएको छ । महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने छ । ...
विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाल । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख रहेका बेला गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले आइतबार चालिसेविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । उनी विघटित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापतिसमेत थिए । उनीविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बिगो कायम गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। चालिसे २०७४ सालदेखि २०७९ सालसम्म पाँच वर्ष मेयर पदमा रहँदा उनी र उनका सगोलमा रहेका परिवारका सदस्यहरूको समेत वैधानिक आय ४ करोड ८८ लाख ३५ हजार ८ सय ३३ रुपैयाँ मात्र रहेको अख्तियारले जनाएको छ । तर सोही अवधिमा ८ करोड ५६ लाख ८३ हजार ५ सय ९५ रुपैयाँ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको भन्...
एमालेको महाधिवेशन अन्तरगत सोमबार उम्मेद्वारी मनोनयन

एमालेको महाधिवेशन अन्तरगत सोमबार उम्मेद्वारी मनोनयन

नेपाल । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ । आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर भोली मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानविन बिहान १० बजेसम्ममा सकिने । १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले बिहान ९ बजेदेखि १२ बजेसम्म नै उम्मेद्वारीको फारम वितरण गर्दैछ । ‘‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ । उम्मेद्वारीको फारम पनि वितरण गर्दैगर्छौं’’ आयोगका प्रमुख डा. विजय सुब्बा भन्नुहुन्छ, ‘‘उम्मेद्वारी दर्ता बिहान १०ः३० देखि दिउँसो १ः३० बजेसम्ममा सकिनेछ ।’’ उम्मेद...
चुनावी खर्च पारदर्शी बनाउने निर्वाचन आयोगको प्रस्ताव

चुनावी खर्च पारदर्शी बनाउने निर्वाचन आयोगको प्रस्ताव

नेपाल । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ । उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ...
एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै

एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदै

नेपाल । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबारदेखि भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन हुँदैछ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँमा आइतबार र सोमबार सञ्चालन गरिने भएको हो । एमालेमा अहिले अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था छ । जसअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् । एमाले केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुनेछ । पार्टीको आगामी अध्यक्षका लागि केपी शर्मा ओली र इश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशन शुरु

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशन शुरु

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशन शनिबारदेखि शुरु भएको छ । उक्त अवसरमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा अग्रसर रहने जनाउँदै सुशासन र विकास चाहने सम्पूर्ण शक्तिले एमालेलाई साथ दिएको उल्लेख गरे । एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए । एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए । महाधिवेशनको विशाल उपस्थितिला...
४३ दलले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने

४३ दलले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने

नेपाल । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दल दर्ता गराएका १४ वटा दलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग नलिने भएका छन् । आयोगमा दर्ता कायम रहेका दलको सङ्ख्या १४३ छ । प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ ४३ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा भाग नलिने भएका हुन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलको अन्तिम नामावली सार्वजनिक गर्दा प्रत्यक्षतर्फ दल दर्ता गराएका १४ वटा दलले समानुपातिकतर्फ निवेदन नै दिएनन् । २९ वटा दलले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निवेदन दिएका छैनन् । आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार दल दर्ताका लागि एक सय वटा दलबाट ९३ वटा निवेदन परेकोमा सबै निवेदन स्वीकृत भएका छन् । १२ वटा दलले पाँच समूहमा एकल चुनाव चिह्न पाएका छन् । ८८ वटा दलले एक्लै प्रतिस्पर्धा गर्ने छन् । ...
सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले जिल्यो एनपीएलको उपाधि

सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले जिल्यो एनपीएलको उपाधि

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । शनिबार सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरको समाप्तिमा पूरा गरेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोड्नुभयो । सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट हात पार्दा कप्तान दिपेन्द्रसिंह ऐरी र अविनास बोहोराले एकएक विकेट हात पार्नुभयो । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्ता दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्नु भएको थियो । बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो । सुदूरपश्चिमका लागि ओपनर...
अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तारः नयाँ ४ मन्त्रीले लिए सपथ

अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तारः नयाँ ४ मन्त्रीले लिए सपथ

नेपाल । शुक्रबार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । थपिएका चार जना नयाँ मन्त्रीहरूले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा कुमारसिंह इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ गराए । राष्ट्रपति कार्यालयकाअनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारीमा हुने र बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुने छ । ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरिसकेको एमालेले भक्तपुरमा उद्घाटन गरेर काठमाडौँमा बन्दसत्र हुने महाधिवेशनबाट आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन हुने छ । ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन् । यसै गरी, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को सचिवालय बैठकले ११ औँ महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत ...