२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

कांग्रेसको आगामी महाधिवेशनमा पेशागत संघसंस्थालाई प्रतिनिधित्व गराउन माग

कांग्रेसको आगामी महाधिवेशनमा पेशागत संघसंस्थालाई प्रतिनिधित्व गराउन माग

नेपाल । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकारमात्र होइन, उम्मेदवारी दिने पूर्ण अधिकारसहितको महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने माग उठेको छ । नेपाल प्रेस युनियनले आयोजना गरेको बैठकमा लोकतन्त्रप्रति आस्थावान पेशागत सङ्घसंस्थाका प्रतिनिधिहरूले कांग्रेसले यस्ता संस्थालाई नीति निर्माणमा उचित महत्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा सहभागीहरूले कांग्रेसलाई नेपालको लोकतन्त्रको ‘च्याम्पियन’ मानिए पनि व्यवहारमा पेसागत सङ्घसंस्थालाई ‘थिङ्कट्याङ्क’का रूपमा समावेश नगरेको आरोप लगाए । उनीहरूले पार्टीले यस्ता संस्थालाई सदैव शुभेच्छुक र मतदातामात्र ठानेको तथा महाधिवेशनमा मतदानको अधिकार दिएर उम्मेदवारीबाट वञ्चित गरेको प्रथा लोकतान्त्रिक नभएको तर्क गरेका छन् । त्यसैगरी राष्ट्रियसभा विज्ञहरूको सभा भएको स्मरण गर्दै पत्रकार, वकिल, डाक्टर, प्राध्यापक, ...
रास्वपा सभापति रवि लामिछाने धरौटी बुझाएर शुक्रबार रिहा हुँदै

रास्वपा सभापति रवि लामिछाने धरौटी बुझाएर शुक्रबार रिहा हुँदै

नेपाल । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो । रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल जोशीको हकमा भने रिहाइको आदेश भएन । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै रिहा गर्न आदेश भएको हो । नख्खु कारागारमा रहेका रवि शुक्रबार बुटवल पुगी कागजात मिलाएर कारागारबाट मुक्त हुने छन् । ...
एमालेको अध्यक्षमा केपी ओलीको ह्याट्रिक, १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका

एमालेको अध्यक्षमा केपी ओलीको ह्याट्रिक, १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका

नेपाल । नेकपा एमालेको ११औं महाधिवेशनबाट केपी ओली नै अध्यक्षमा निर्वाचित भएका छन् । एमाले अध्यक्षमा ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् । ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् । एमाले पदाधिकारीको अन्तिम मत परिणाम भोट संख्या २२२७ अध्यक्ष ईश्वर पोखरेल : ५६४ केपि शर्मा ओली:- १६६३ विजयी उपाध्यक्ष अरुण नेपाल : ४३९ गुरु प्रसाद बराल : ११३७ विजयी गोकर्ण राज विष्ट : १३६८ विजयी टकं प्रसाद कार्की : ३५८ पर्शुराम मेघि गुरुङ्ग :४६१ पृथ्वी सुव्वा गुरुङ : १७३७ विजयी भिम प्रसाद आचार्य : २६५ रघु जी पन्त : १२५८ रामबहादुर थापा बादल : १५१६ विजय...
खगेन्द्रप्रसाद र रूद्रकली नामका हात्ती कतार पठाइयो

खगेन्द्रप्रसाद र रूद्रकली नामका हात्ती कतार पठाइयो

नेपाल । नेपालका दुई हात्तीलाई कतार पठाइएको छ । चितवनको सौराहाबाट रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याई यहाँबाट दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीलाई बुधबार विमानमार्फत कतार पठाइएको हो । यसअघि सरकारले कतारलाई उपहार दिन भन्दै दुई वटा हात्तीको चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमका साथ बिदाई गरिएको थियो । यी दुवै हात्तीहरू रूद्रकली र खगेन्द्रप्रसाद सरकारले उपहार स्वरूप कतारलाई दिएको हो । हात्तीहरूलाई वैदिक विधिअनुसार पूजा गरेर फूलमाला लगाई फलफूल खुवाएर बिदाइ गरिएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्त लगायतले हात्तीलाई माला लगाइदिएका थिए । २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो । ...
नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२२७ जनाले गरे मतदान

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२२७ जनाले गरे मतदान

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहीबार बिहान मतदान सम्पन्न भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा २२६३ प्रतिनिधि मतदाता थिए । उहाँले मतगणना अहिले बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो । एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो । केपी ओली र इश्वर पोखरेल प्यानलसहित चुनाबी मैदानमा छन् ।...
जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकसँग बयान लिने

जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकसँग बयान लिने

नेपाल । जेनजी आन्दोलन जाँचबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ । बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो । प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए । अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठुलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।...
कांग्रेसले सबै जिल्लामा क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता फाराम पठाउँदै

कांग्रेसले सबै जिल्लामा क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता फाराम पठाउँदै

नेपाल । नेपाली कांग्रेसले क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता वितरण फाराम पठाउने भएको छ । कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्य व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकले क्रमसङ्ख्या राखेर फाराम पठाउने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्य प्रकाश स्नेही रसाइलीले नयाँ क्रियाशील सदस्यताको फाराम छापिसकिएकाले बुधबार सबै जिल्लामा पठाइने बताउनुभयो । उहाँका अनुसार झन्डै चार लाख क्रियाशील सदस्यता फाराम ७७ वटै जिल्लामा पठाइने छ । नेता रसाइलीले फाराम भरेर आएका क्रियाशील सदस्यको तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री) भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली जनसम्पर्क समिति रहेको ३७ वटा देशमा पनि सदस्यता वितरण र तथ्याङ्क प्रविष्टि भइसकेको छ । ...
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदै

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदै

नेपाल । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । तरप्राविधिक समस्याका कारण मतदान समय बुधबार बिहान ८ बजेका लागि तोकिएको छ । एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् । उनीहरू दुवै जना प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीले महासचिवमा शंखर पोखरेललाई तथा पोखरेलले सुरेन्द्र पाण्डेलाई अगाडि सारेका छन् । नयाँ नेतृत्व चयनका लागि २ हजार भन्दा बढीले मतदान गर्ने छन् । एमालेले विद्युतीय मतदानको अभ्यास शुरु गरेको हो ।...
चुनाव प्रचारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव

चुनाव प्रचारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव

नेपाल । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो । आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन–चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजा...
प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

नेपाल । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ। आयोगले २७ राष्ट्रिय र चार अन्तरराष्ट्रिय संस्थालाई निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले गत कात्तिक ११ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेको थियो । त्यसमा ४४ वटा राष्ट्रिय र पाँचवटा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएको आयोगले जनाएको छ। ...