२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

जेनजी आन्दोलनको क्षतिको प्रतिवेदन पेश, ८४ अर्ब ४५ करोडको भौतिक क्षति

जेनजी आन्दोलनको क्षतिको प्रतिवेदन पेश, ८४ अर्ब ४५ करोडको भौतिक क्षति

नेपाल । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ। उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो। समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो । समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो। यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको छ। दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनि...
काँग्रेले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने

काँग्रेले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने

नेपाल । नेपाली काँग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले २९ मंसिरको मध्यरातमा सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले २९ मंसिर राति १२ बजेदेखि क्रियाशील सदस्यता नवीकरण प्रविष्ट गरिने प्रणाली ‘लक’ गर्ने निर्णय गरेको हो । समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले भने, ‘मंसिर २९ गते राति १२ बजे सिस्टम लक हुन्छ । त्यसपछि जिल्लाले ईन्ट्री गर्न पाउँदैनन् ।’ समितिले नवीकरणको ‘डाटा इन्ट्री’ का लागि ७७ वटै जिल्ला सभापतिहरूलाई ‘आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराएर काम गरिरहेको छ । समितिले आगामी आइतबार बैठक बसेर पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने सदस्य रसाइलीले जानकारी दिए । समितिले यसअघि गरिएको परिपत्रअनुसार नयाँ क्रियाशील सदस्यता वितरण भएनभएको बारे जानकारी...
नेकपा एमालेको ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

नेकपा एमालेको ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमालेको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले मङ्सिरको २७ देखि २९ गतेसम्म हुने ११ औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । विधान अधिवेशन गरिसकेको एमालेको यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनका लागि दबाब बढेका बेलामा निर्धारित समयभन्दा एक वर्षअघि नै यो महाधिवेशन हुन लागेको हो । पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेहर्याउने तयारीमा हुनुहुन्छ । उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ । ...
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय

नेपाल । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरकारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। गत असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो। त्यसैगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानून समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामति सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ। सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री...
यस्तो छ सरकार र जेनजी प्रतिनिधिहरुबीचको १० बुँदे सहमति

यस्तो छ सरकार र जेनजी प्रतिनिधिहरुबीचको १० बुँदे सहमति

नेपाल । सरकार र जेनजी प्रतिनिधिहरु बीच १० बुँदे सहमति भएको छ । बुधबार छलफलपछि १० बुँदे सहमति भएको हो । प्रधानमन्त्री सुशीला कार्कीले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन् । सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरे । हस्ताक्षरपूर्व केही जेनजी युवाहरुले होहल्ल र विरोध गरेका थिए । यस्तो छ सम्झौताको पूर्णपाठः जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौता  प्रस्तावना देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता, भेदभाव, बहिष्करण तथा आर्थिक-सामाजिक असमानता र अन्याय जस्ता संरचनात्मक कारणहरूबाट सिर्जित द्वन्द्वको समयमै सम्बोधन नहुँदा उत्पन्न आम वितृष्णा र निराशाले जेन-जीको नेतृत्वमा वि.सं. 2082 साल भाद्र 23 र 24 गते भएको राजनीतिक-सामाजिक जनआन्दोलन निम्त्याए...
गगन थापा निर्वाचनको लागि काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस

गगन थापा निर्वाचनको लागि काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस

नेपाल । प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चार जिल्लाबाट सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् । उनको पुरानो क्षेत्र काठमाडौँ ४ बाट उनी प्रत्यक्षतर्फ सर्वसम्मत एकल एम्मेदवारका रुपमा सिफारिस भएको क्षेत्रीय सभापति श्याम संगतले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा यही बिहीबार २५ गतेसम्ममा नाम सफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको हो । सो क्रममा महामन्त्री थापाको नाम काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएको हो । उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो । धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । त्यस्...
नेकपा एमालेको महाधिवेशनमा सहभागी हुने भए २४६३ जना प्रतिनिधि

नेकपा एमालेको महाधिवेशनमा सहभागी हुने भए २४६३ जना प्रतिनिधि

नेपाल । यही फागुन २७ गतेदेखि शुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुंगो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ । प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहने गरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।...
बुधबार संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

बुधबार संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

नेपाल । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित बुधबार १० डिसेम्बरका दिन संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । यो दिवस सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्रको स्मरणमा हरेक वर्ष मनाइन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ। अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, र विभिन्न राजनीतिक दलहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्। नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ...
प्रतिनिधि सभा निर्वाचनका गगन थापा ३ जिल्लाबाट शिफारिस, बुधबार काठमाडौं ४ ले पनि गर्ने

प्रतिनिधि सभा निर्वाचनका गगन थापा ३ जिल्लाबाट शिफारिस, बुधबार काठमाडौं ४ ले पनि गर्ने

नेपाल । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा तीन जिल्लाबाट सिफारिस भएका छन् । उनी सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् । थापाको आफ्नो क्षेत्र काठमाडौँ ४ को क्षेत्रीय समितिले भने बुधबार मात्रै सिफारिस गर्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा २५ गतेसम्ममा नाम सफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको हो । सो क्रममा महामन्त्री थापाको नाम अहिलेसम्म तीन जिल्लाबाट भएको हो । उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो । थापासँगै सर्लाही ४ बाट वीरेन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ । धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । दोस्रोमा दिनेश राईको नाम रहेको छ । त्यस्तै हरिकुमार राई...