२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

रवि र बालेनबीच नजिकिँदै गरेको निर्वाचनमा सहकार्यबारे छलफल

रवि र बालेनबीच नजिकिँदै गरेको निर्वाचनमा सहकार्यबारे छलफल

नेपाल । सहकारी ठगी प्रकरणमा भर्खरै जेलबाट धरौटीमा छाडिएका रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमख बालेन्द्र शाहबीच सोमबार भेटवार्ता भएको छ। भेटवार्तामा रास्वपाका तर्फबाट सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल सहभागी थिए । उनीहरूबीच नजिकिँदै गरेको निर्वाचन, देशको तरल स्थितिलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।...
डिसेम्बर २१ तारिखमा विश्व ध्यान दिवस मनाइँदै

डिसेम्बर २१ तारिखमा विश्व ध्यान दिवस मनाइँदै

नेपाल । आइतबार संयुक्त राष्ट्रसंघको घोषणाअनुसार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो । ...
निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष

निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सरकार गठनको एक सय दिनमा शनिबार सन्देश जारी गर्दै यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष गर्नुभएको हो । उहाँले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको प्रस्ट पार्दै राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजान आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने वा रोक्ने जस्ता हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको र सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ रहेको प्रस्ट पार्नुभएको छ ।...
निर्वाचन सारिए सडक संघर्षमा जाने प्रचण्डको चेतावनी

निर्वाचन सारिए सडक संघर्षमा जाने प्रचण्डको चेतावनी

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिएका छन् । शनिवार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन गराउने कामलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिएका हुन् । संयोजक दाहालले मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र पछि धकेल्ने काम सरकारले गरे त्यसको विरुद्ध आफूहरू सडक संघर्षमा जाने समेत बताए ।...
एमालेको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण बनेनः उपमहासचिव भट्टराई

एमालेको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण बनेनः उपमहासचिव भट्टराई

नेपाल । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाएका छन् । ईश्वर पोखरेलको समूहले शनिबार आयोजना गरेको छलफलमापछि उनले यस्तो आरोप लगाएका हुन् । उनले प्रतिनिधि छनौट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संरचनाको दुरुपयोग गर्ने काम भएको बताए । यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उनको भनाइ छ । उनले आगामी दिनमा यसको थप समीक्षा गर्ने पनि बताए । उनले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताए । एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिए । ...
परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन त्याग गर्न तयार छुः रवि लामिछाने

परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन त्याग गर्न तयार छुः रवि लामिछाने

नेपाल । रास्वपाका सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन् । शनिबार चितवनमा विशेष सम्बोधन गर्दै मिल्न पर्नेहरूसँग आफूहरू संवादमा रहेको बताए । उनले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताए ।...
आगामी निर्वाचनमा देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने

आगामी निर्वाचनमा देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दस हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फत मतदानस्थल पुनरा...
जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय

जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय

नेपाल । सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । गत असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले कार्कीको नेतृत्वमा आयोग गठन गर्नुका साथै सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको छ । मन्त्री खरेलले कार्की नेतृत्वको जाँचबुझ आयोगको काम पूरा नभएपछि एक महिना अर्थात् माघ ५ गतेसम्मलाई थप गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । कार्की नेतृत्वको आयोगको म्याद पुस ५ गते सकिँदै थियो ।...
कारागारबाट छुटेका रवि लामिछानेले भने-‘न्यायको लडाइँ अझै बाँकी छ’

कारागारबाट छुटेका रवि लामिछानेले भने-‘न्यायको लडाइँ अझै बाँकी छ’

नेपाल । शुत्रबार भैरहवास्थित जिल्ला कारागारबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् । उनले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको बताउँदै आफूले बोल्ने समय आउने पनि बताए । उनले हिसाबकिताब गर्न बाँकी रहेको पनि बताएका छन् । सहकारी ठगीको मुद्दामा नख्खु कारागारमा रहेका उनी भैरहवास्थित जिल्ला अदालत रुपन्देहीमा धरौटी रकम बुझाएर छुटेका हुन् । उनले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही पुगेका थिए । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताए । लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश...
एमालेको नवनिर्वाचिन केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दै

एमालेको नवनिर्वाचिन केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दै

नेपाल । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।...