२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

विश्वभर विहीबार ‘क्रिसमस डे’ मनाइँदै

विश्वभर विहीबार ‘क्रिसमस डे’ मनाइँदै

नेपाल । डिसेमबर २५ तारिखका दिन बिहीबार विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव मनाइँदै छ । ‘क्रिसमस डे’ भनिने येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।ख्रीष्टमसका अवसरमा चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । ...
राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपामै फर्किए

राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपामै फर्किए

नेपाल । राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेको करिब चार वर्षपछि कमल थापा फेरि ‘पुरानै घर’ फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच बुधबार पार्टी एकताको लिखित सहमति भएको छ । कागजी रुपमा एकता भनिए पनि व्यवहारिक रुपमा कमल थापा र उनको समूह राप्रपामा फर्किएका हुन् । बुधबार अकस्मात् नै सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम बनेको थियो । राप्रपाको कार्यालय धुम्वाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’...
राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

नेपाल । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइँने विभागले जनाएको छ । अन्तरिम अवधिका लागि उपलब्ध भएको राहदानी पुस्तिकाका कारण अब भने सहज रुपमा वितरण हुने विभागले प...
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह बिहीबार हुँदै

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह बिहीबार हुँदै

नेपाल । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् । त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका छन् तर यस समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् ।...
निर्वाचन सम्पन्न गर्नका निम्ति वातावरण बनाउने समझदारी

निर्वाचन सम्पन्न गर्नका निम्ति वातावरण बनाउने समझदारी

नेपाल । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका निम्ति वातावरण बनाउने समझदारी भएको छ । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार, यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।...
सदस्यता वितरणमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा गगन थापाको चार बुँदे निर्देशन

सदस्यता वितरणमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा गगन थापाको चार बुँदे निर्देशन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ । महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्नुहुँदै पुनः क्रम सङ्ख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइएको जानकारी दिनु भएको छ। उहाँले यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम सङ्ख्या नभएको फारमसमेत वितरण भएको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार नवीकरण र नयाँ क्रियाशील सदस्यता फारम वितरण प्रक्रिया र मापदण्डलगायतका विषयमा जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइएको बताउनु भएको छ। महामन्त्री थापाले नयाँ क्रियाशील सदस्यता फारम वितरण गर्दा जिल्ला कार्य समित...
आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठायो

आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठायो

नेपाल । जेनजी आन्दोलन घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगले लेखकलाई सात दिनभित्रमा उपस्थित हुन पत्र पठाएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । गत भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री हुनुहुन्थ्यो । जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उहाँले सोही दिन गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो । यसअघि जाँचबुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्य सचिव, गृहसचिव, सुरक्षा निकायका प्रमुखलगायत एक सय जनाभन्दा बढीसँग सोधपुछ तथा बयान लिइसकेको छ । यता जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र सहसचिव छविलाल रिजालमाथि लगाएको स्थानहद फुकुवा गरेको छ ।...
शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह

शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गर्नुभएको छ । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उहाँले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो,“निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ । सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ । सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतङ्ककारी वा अपराधीले हमला गर्न सक्दैन । त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।” उहाँले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गर्नुभयो । मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्...
गगन थापाद्वारा १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा

गगन थापाद्वारा १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेद्वार रहेको र सभापति बन्ने दाबी गरे । उनले सहमति भए आफू पद त्याग गर्नसमेत तयार रहेको स्पष्ट पारे । महाधिवेशन नेतृत्व परिवर्तन गर्नेमात्र नभइ पार्टीलाई नयाँ बनाउने समय भएको पनि बताए महाधिवेशन समयमै गर्ने विश्वास आफूमा रहेको भन्दै महामन्त्री थापाले महामन्त्रीको हैसियतले आफूले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै हुनुपर्ने भनिरहेको र यसबारेमा आफू स्पष्ट रहेको पनि बताए । जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको तर महाधिवेशन निर्वाचनअघि हुनैपर्ने उनको भनाइ छ । ...
ओली र देउवाबीच संसद पुनस्थापना, आगामी चुनाव र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल

ओली र देउवाबीच संसद पुनस्थापना, आगामी चुनाव र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन् । अध्यक्ष ओली र सभापति देउवाबीच संसद पुनस्थापना, आगामी चुनाव र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।...