२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

अब पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य भयोः गगन थापा

अब पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य भयोः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताएका छन् । शुक्रवार पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उनले पार्टी केन्द्रीय कार्य समितिले अब विशेष महाधिवेशनको माग पूरा गर्नु अनिवार्य भएको प्रतिक्रिया दिए । महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुननसके पछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य शर्त भएको बताए । महामन्त्री थापाले विशेष महाधिवेशनमा जाने कुरालाई अब पार्टी केन्द्रीय कार्य समितिले नै स्वीकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर समेत गरे।...
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अङ्गका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । ...
पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णय

पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णय

नेपाल । सरकारले पुस १५ गतेलाई च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय भएको हो। त्यसैगरी, सरकारले नेपाल तागरिकता (चौथो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेश प्रदेशको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय गरेको छ।  ...
ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकः राष्ट्रपति

ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकः राष्ट्रपति

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्दै उहाँले माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै सरकारको निर्णयबमोजिम सोही दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागर...
आगामी निर्वाचन नयाँ शक्ति उदयको प्रस्थान बिन्दुः कुलमान

आगामी निर्वाचन नयाँ शक्ति उदयको प्रस्थान बिन्दुः कुलमान

नेपाल । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँ शक्ति उदयको प्रस्थान बिन्दु बनाउनुपर्ने बताएका छन् । बिहीबार उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले फागुन २१ को चुनावलाई चुनावको रूपमा मात्रै लिन नहुनेमा बताए । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उनले देशमा चुनावको माहौल बनिरहेको पनि दाबी गरे । ...
जेन-जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्छन्ः प्रधानमन्त्री कार्की

जेन-जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्छन्ः प्रधानमन्त्री कार्की

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन । बिहिबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताएकी हुन । अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् । सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले आफूहरू अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको पनि बताएकी छन ।...
बालेन साहले भने–अब म राजनीतिमा आएँ, सहकार्य गरौं

बालेन साहले भने–अब म राजनीतिमा आएँ, सहकार्य गरौं

नेपाल । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफू पार्टी राजनीतिमा आएको बताउँदै सहकार्य गर्न जेनजी अगुवाहरूसँग आग्रह गरेका छन । बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भएको छलफलका क्रममा उनले जेनजीहरूसँग यस्तो बताएका हुन् । जेनजी अगुवा रक्षा बमको नेतृत्वमा पुगेको टोलीसँग केहीबेर कुराकानी गर्दै मेयर साहले यस्तो बताएका हुन् । जेनजी अगुवा युजनराज भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एकजुट भएर आउन पनि मेयर शाहले आग्रह गरेका छन् । मेयर शाहले निरन्तर राजनीतिक संवाद चलाएका छन् । बिहीबार मात्र उनले रास्वपा सभापति रवि लामिछानेदेखि अन्य दलका नेता एवं निवर्तमान सांसदसँग छलफल गरेका छन् । बालेनलाई भेट्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका थिए ।...
रमेश लेखक सोमबार जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे बयान दिन जाने

रमेश लेखक सोमबार जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे बयान दिन जाने

नेपाल । निवर्तमान गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गतेको घटनाबारे बयान दिने भएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सोमबार जाँचबुझ आयोगमा गएर बयान दिने बताए । आयोगले शुक्रबार बोलाएको भए पनि आफू सोमवार मात्रै जाने उनले बताए ।
प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने विश्वप्रकाशको घोषणा

प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने विश्वप्रकाशको घोषणा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले नयाँलाई अवसर दिन आफू पछि हट्ने बताएका हुन् । यसबारे आफ्नो निर्वाचन क्षेत्रका नेता–कार्यकर्तालाई जानकारी गराइसकेको पनि शर्माले बताए । ०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाट साढे १४ हजार मतान्तरसहित उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । काँग्रेसले यसपटक पनि सोही क्षेत्रबाट उनलाई सर्वसम्मत सिफारिस गरेको छ । ...
महाधिवेशनको कार्यतालिका बिथोल्ने प्रयास भइरहेकोमा गगन थापाको आपत्ति

महाधिवेशनको कार्यतालिका बिथोल्ने प्रयास भइरहेकोमा गगन थापाको आपत्ति

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समयमात्र खेर फालिरहेको बताए । नियमित महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए । बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् । थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रस्ताव गरेको बताए । उनले पार्टीको १५औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नीयतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताए । उनले समस्या समाधान नभएका क्षेत्रमा पूरानै क्रियाशीलताको आधारमा संगठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताए । उनले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्...