२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

रमेश लेखकले सोमबार जाँचबुझ आयोगको कार्यालयमा गएर बयान दिने

रमेश लेखकले सोमबार जाँचबुझ आयोगको कार्यालयमा गएर बयान दिने

नेपाल । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा बयान दिने भएका छन् । सोमबार दिउँसो १२ बजे आयोगको कार्यालयमा गएर घटनाका बारेमा जानकारी गराउने लेखकले बताए । २३ गतेको आन्दोलनमा विद्यार्थीहरुमाथि वल प्रयोग गरिएको घटनामा उहाँमाथि सोधपुछ हुन लागेको हो ।
जसपा र लोसपाबीच एकीकरण गर्ने निर्णय

जसपा र लोसपाबीच एकीकरण गर्ने निर्णय

नेपाल । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बीच एकीकरण गर्ने निर्णय भएको छ । दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ । संयुक्त बैठकमा लोकतन्त्र सुदृढीकरण, समावेशी शासन व्यवस्था तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न दुवै पार्टीबीच सहकार्यलाई अझ सशक्त बनाउँदै एकीकृत रूपमा अघि बढ्न...
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता निर्वाचनमा सहभागी हुन तयार

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता निर्वाचनमा सहभागी हुन तयार

नेपाल । शनिबार प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि नेपाली काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् । उनले निर्वाचनमा सहभागी भई सफल तुल्य...
आगामी निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जनाले मतदान गर्न पाउने

आगामी निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जनाले मतदान गर्न पाउने

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी यस्तो विवरणको जानकारी दिएको हो । अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । ...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्दै, के के छ अजेण्डा ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्दै, के के छ अजेण्डा ?

नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बैठक बिहान ११ बजे बस्ने जानकारी दिएका छन् । शनिबार भएको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रकृया प्रारम्भ गरेको बताइएको छ । शनिबारको बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्काशन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो । उनीहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गर्ने निर्णय गरिएको थियो । पार्टी परित्याग गरेकालाई पनि घर फर्कन आह्वान गरिएको थियो ।...
समानुपातिक उम्मेद्वारको अन्तिम सूची तयार गर्न एमाले सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेद्वारको अन्तिम सूची तयार गर्न एमाले सचिवालय बैठक बस्दै

नेपाल । आइतबार नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि सोमबारसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ । ...
रास्वपाले बालेन साहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने, रवि र बालेनबीच ७ बुँदे सहमति

रास्वपाले बालेन साहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने, रवि र बालेनबीच ७ बुँदे सहमति

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ । पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ । पार्टीको सभापति रवि लामिछाने हुनेछन् । नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने सहमति पत्रमा उल्लेख गरिएको छ । ...
निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालन

निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालन

नेपाल । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रबारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो । आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरु एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत् निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमार्फत् फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निका...
प्रधानमन्त्रीद्वारा शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान

प्रधानमन्त्रीद्वारा शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान

नेपाल । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी छन । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार राखिएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेलले हिजो बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले प्रचण्डलाई पनि भेटेर निम्तो दिएका छन् ।...
अब पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य भयोः गगन थापा

अब पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य भयोः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताएका छन् । शुक्रवार पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरुको माग पत्र बुझेपछि उनले पार्टी केन्द्रीय कार्य समितिले अब विशेष महाधिवेशनको माग पूरा गर्नु अनिवार्य भएको प्रतिक्रिया दिए । महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुननसके पछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य शर्त भएको बताए । महामन्त्री थापाले विशेष महाधिवेशनमा जाने कुरालाई अब पार्टी केन्द्रीय कार्य समितिले नै स्वीकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर समेत गरे।...