२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको सहमति

नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको सहमति

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुदृढीकरण तथा समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यका साथ दुवै पार्टीबीच सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। १० बुँदे सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गर्नुभएको छ। सहमति–पत्रमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त, समावेशी तथा समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । ...
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकियो

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकियो

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ । त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी ...
समानुपातिकतर्फको बन्दसूची पेस गर्ने सोमबार अन्तिम दिन

समानुपातिकतर्फको बन्दसूची पेस गर्ने सोमबार अन्तिम दिन

नेपाल । आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनाव अन्तरगत समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा सोमबार सकिँदै छ । केही दलले आइतबार बन्दसूची बुझाए पनि अधिकांश ठूला दल सोमबार आयोग जाँदै छन् । कांग्रेससँगै एमाले, नेकपा, रास्वपालगायत राजनीतिक दलले सोमबार बन्दसूची पेस गर्ने तयारी गरेका छन् । ठूला दलहरुले कसकसलाई उमेदवार बनाउने भन्ने अन्तिम समयसम्म पनि टुंगो लगाउन सकेका छैनन् । ...
रास्वपाको विशेष बैठकबाट बालेनसँगको एकतासम्बन्धी भएको सहमति अनुमोदन

रास्वपाको विशेष बैठकबाट बालेनसँगको एकतासम्बन्धी भएको सहमति अनुमोदन

नेपाल । रास्वपाको आइतबार बसेको केन्द्रीय समितिको विशेष बैठकले ‘राष्ट्रिय स्वतन्त्र पार्टी तथा बालेन्द्र शाहबीच भएको बृहत एकतासम्बन्धी भएको सहमति अनुमोदन गरेको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको बैठकमा छलफलपछि ऐतिहासिक सहमति अनुमोदन भएको हो । बैठकले राष्ट्र हितका लागि बृहत् आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने सहमतिको पालनाबाट मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासनको जालो च्यातेर सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्यायसहितको अवस्था स्थापना गर्ने दिशातर्फ उन्मुख हुने अपेक्षा गरेको छ । बृहत एकतासम्बन्धी सहमतिलाई केन्द्रीय समितिले सम्मानसाथ पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको पार्टीले जनाएको छ ।...
पदावधि बाँकी रहँदै उपसभामुख ईन्दिरा रानाले दिइन् पदबाट राजीनामा

पदावधि बाँकी रहँदै उपसभामुख ईन्दिरा रानाले दिइन् पदबाट राजीनामा

नेपाल । पदावधि बाँकी रहँदै प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने अभ्यास रहे पनि उनले आइतबार स्वेच्छाले राजीनामा दिएकी हुन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न आइतबार र सोमबारका लागि समय निर्धारण गरेको छ । विगतको अभ्यास समेतका आधारमा सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने संघीय संसद् सचिवालयले जनाएको छ । सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन अर्थात् आगामी माघ ५ गतेदेखि बिदाइ हुने तयारी गरेको जनाइएको छ । ...
रमेश लेखकले सोमबार जाँचबुझ आयोगको कार्यालयमा गएर बयान दिने

रमेश लेखकले सोमबार जाँचबुझ आयोगको कार्यालयमा गएर बयान दिने

नेपाल । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा बयान दिने भएका छन् । सोमबार दिउँसो १२ बजे आयोगको कार्यालयमा गएर घटनाका बारेमा जानकारी गराउने लेखकले बताए । २३ गतेको आन्दोलनमा विद्यार्थीहरुमाथि वल प्रयोग गरिएको घटनामा उहाँमाथि सोधपुछ हुन लागेको हो ।
जसपा र लोसपाबीच एकीकरण गर्ने निर्णय

जसपा र लोसपाबीच एकीकरण गर्ने निर्णय

नेपाल । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बीच एकीकरण गर्ने निर्णय भएको छ । दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ पार्टी एकीकरण गर्ने निर्णय गरिएको जनाइएको छ । संयुक्त बैठकमा लोकतन्त्र सुदृढीकरण, समावेशी शासन व्यवस्था तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न दुवै पार्टीबीच सहकार्यलाई अझ सशक्त बनाउँदै एकीकृत रूपमा अघि बढ्न...
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता निर्वाचनमा सहभागी हुन तयार

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता निर्वाचनमा सहभागी हुन तयार

नेपाल । शनिबार प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन तयार रहेको विश्वास दिलाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकपछि नेपाली काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् । उनले निर्वाचनमा सहभागी भई सफल तुल्य...
आगामी निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जनाले मतदान गर्न पाउने

आगामी निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जनाले मतदान गर्न पाउने

नेपाल । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी यस्तो विवरणको जानकारी दिएको हो । अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ । ...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्दै, के के छ अजेण्डा ?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्दै, के के छ अजेण्डा ?

नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बैठक बिहान ११ बजे बस्ने जानकारी दिएका छन् । शनिबार भएको बैठकमा समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रकृया प्रारम्भ गरेको बताइएको छ । शनिबारको बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्काशन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो । उनीहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गर्ने निर्णय गरिएको थियो । पार्टी परित्याग गरेकालाई पनि घर फर्कन आह्वान गरिएको थियो ।...