२० बैशाख २०८३, आईतवार

राजनीति/समाज

रास्वपाले समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू सुधार गर्ने

रास्वपाले समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू सुधार गर्ने

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा रहेका त्रुटिहरू निर्वाचन आयोगले तोकेको समय सीमाभित्र सुधार गर्ने जनाएको छ। विभिन्न सरोकारवालाहरूबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । समय अभावका कारण अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार पारिएको उल्लेख गरेको छ । बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने जनाएको छ । रास्वपाले आयोगमा बुझाएको बन्दसूचीको विषयमा चर्को आलोचना भइरहेको छ । ...
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै युगिन जिम्मेवारी होः गगन थापा

राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै युगिन जिम्मेवारी होः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘ राष्ट्रिय एकता र मेलमिलाप’ दिवसका अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत दिनु भएको सन्देश आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ‘ राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिन ! ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु। नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर ह...
घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

नेपाल । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले बुधबार भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो । सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ ।...
आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमाः गगन थापा

आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमाः गगन थापा

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमा परेको दाबी गरेका छन् । काँग्रेसले मंगलबार समानुपातिकतर्फको पेश गरेको बन्द सूचीमा आफ्नो चाहनाविपरित ससुरा केसी समानुपातिक उम्मेदवार बनेको दाबी गरेका हुन् । थापाले ससुरा केसीलाई समानुपातिकको सूचीमा राख्न प्रयास नगरेको बताउँदै बाहिर गलत हल्ला फैलाइएको बताए । उनले ससुरा समानुपातिकको सूचीमा पर्नु आफ्नो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय भएको बताए ।...
बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै

बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदै

नेपाल । ४९ वर्षअघि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको सम्झनामा बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ । दिवसका अवसरमा आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । २०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा स्वदेश फर्किएका थिए। आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका वेला उनी स्वदेश फर्किए...
चुनावी प्रक्रियामा सहभागी हुन तयार छौं, तर सरकारले वातावरण बनाउन सकेनः ओली

चुनावी प्रक्रियामा सहभागी हुन तयार छौं, तर सरकारले वातावरण बनाउन सकेनः ओली

नेपाल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ । चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ । मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजना गरिएको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठिमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । उहाँले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरिएकाले त्यसको पुनःस्थापना आवश्यक रहेको उहाँले बताउनुभयो । मुलुकलाई प्रतिगमनमा लैजाने षडयन्त्र भए पनि एमाले र काँग्रेसजस्ता राजनीतिक शक्ति मुलुकमा रहुन्जेल लोकतन्त्रमा आँच आउन नदिइने उहाँले बताउनुभयो । देशको लोकतन्त्र, नीति, विधि, संविधान र राष्ट्रिय स्वाभिमानको मुद्दामा काँग्रेस र एमालेबिच सहकार्य हुने उहाँले बताउनुभयो । उहाँले एमालेक...
आगामी निर्वाचनका लागि ६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

आगामी निर्वाचनका लागि ६४ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्द सूची

नेपाल । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ ६४ दलले ५८ निर्वाचन चिन्हमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् । पुस १४ गते राति १२ बजेसम्मका लागि निर्वाचन आयोगले सूची बुझाउने समय तोकेको थियो । आयोगको विवरणअनुसार २२ वटा दलले मात्रै समानुपातिकतर्फको सबै सिट अर्थात ११० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । बन्दसूची पेश गर्ने ५८ निर्वाचन चिन्हमा ६४ दल नेपाल मजदुर किसान पार्टी ११० सिट नेपाल लोकतान्त्रिक पार्टी १२ सिट राष्ट्रिय जनमोर्चा ११० सिट जनप्रिय लोकतान्त्रिक पार्टी १२ सिट नेकपा माक्सवादी (पुष्पलाल) २० सिट गतिशिल लोकतान्त्रिक पार्टी ११ सिट जनता समाजवादी पार्टी, नेपाल १०१ सिट समावेशी समाजवादी पार्टी ३१ सिट समावेशी समाजवादी पार्टी नेपाल १२ सिट नेपाल जनता संरक्षण पार्टी १७ सिट नागरिक शक्ति नेपाल २५ सिट राष्ट्रिय जनमुक्ति पार्टी ११ सिट नेपाल जनमु...
जाँचबुझ आयोगसमक्ष तत्कालीन गृहमन्त्री रमेश लेखकले दिए बयान

जाँचबुझ आयोगसमक्ष तत्कालीन गृहमन्त्री रमेश लेखकले दिए बयान

नेपाल । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् । भदौ २३–२४ गतेको घटनालाई उनले मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिएका छन् । सुशासनका लागि जेनजी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् । तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन र संयमता अपनाउन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ । ‘बल प्रयोग गर्ने वा कसैको ज्यान लिने कुनै लिखित वा मौखिक आदेश दिएको छैन, न त कानुनले गृहमन्त्रीलाई त्यस्तो अधिकार नै दिन्छ,’ लेखकले बयानमा भनेका छ्...
गुरुङ समुदाय मंगलबार तमु ल्होसार पर्व मनाउँदै

गुरुङ समुदाय मंगलबार तमु ल्होसार पर्व मनाउँदै

नेपाल । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मंगलबार तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।...
रास्वपा र उज्यालो नेपाल पार्टीबीच सातबुँदे सहमति, कुनमान अब रास्वपाको उपसभापति !

रास्वपा र उज्यालो नेपाल पार्टीबीच सातबुँदे सहमति, कुनमान अब रास्वपाको उपसभापति !

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सातबुँदे सहमतिपछि एकता भएको छ । रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सोमबार राति एकतामा हस्ताक्षर भएको हो । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट चुनाव चिह्न घन्टी लिएर जाने सहमति भएको जानकारी दिनुभयो । रास्वपाको केन्द्रीय सभापतिमा लामिछाने, उपसभापतिमा कुलमान घिसिङ, डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले रहने उहाँले बताउनुभयो । उज्यालो पार्टीमा आबद्ध नेताकार्यकर्तालाई योग्यताबमोजिम समेटिने बताइएको छ । गत सोमबार, बिहीबार, शुक्रबार र शनिबार रास्वपा सभापति लामिछाने, काठमाडौँ महानगरका मेयर शा...