नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सदस्यता नवीकरणको समयावधि दुई महिना थप गरेको छ ।
एमालेले फागुन-चैतमा सदस्यता नवीकरण गरिसक्ने व्यवस्था गरेकामा आमनिर्वाचनका कारणले जेठ मसान्तसम्म समय थप गरेको जनाएको छ ।
एमालेमा करिब साढे पाँच लाख पार्टी सदस्य छन् । पार्टीको दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन–२०८२ ले पारित गरेको विधानबमोजिम पार्टी सदस्यको योग्यताका हकमा विधानको धारा–४ र सङ्गठित सदस्यको हकमा धारा–५ मा व्यवस्था गरिएको छ ।
महासचिव शङ्कर पोखरेलले परिपत्र गर्नुभएको छ । सदस्यता कार्डको हकमा पार्टी सदस्यका लागि प्रदेशरजिल्ला कमिटी आफैँले छपाइ गरी वितरण गर्न केन्द्रले निर्देशन पठाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्