९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० जना सदस्य मनोनयन

कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा १० जना सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा दश सदस्य मनोनयन गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे प्रमुख रहनुभएको उक्त विभागमा विभिन्न व्यक्तिलाई मनोनयन गर्नुभएको हो । मनोनयन गरिएकाहरुः -गणेश चन्द (सल्यान) -मधुसुदन पाण्डेय (काठमाडौँ) -हेमलाल पुन (गुल्मी) -धर्मराज न्यौपाने (अछाम) -सिर्जना सिंह श्रेष्ठ (काठमाडौँ) -रेखा प्रसाई (सुनसरी) -जुमराती नदाफ (धनुषा) -लक्ष्मी परियार (तनहुँ) -रेणु चौधरी (कैलाली) -अनिता अर्याल (चितवन)...
माओवादीको एजेण्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेः प्रचण्ड

माओवादीको एजेण्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका छन् । उपनिर्वाचनको नतिजाले उत्साहित माओवादीका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’...
हामी सरकारमा जान हतार गर्दैनौंः नारायणकाजी

हामी सरकारमा जान हतार गर्दैनौंः नारायणकाजी

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू सरकारमा जान हतार नगर्ने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं ३ मुसहर्नियामा आयोजित तीनदिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उद्घाटन सत्रमा श्रेष्ठले भने, ‘वर्तमान सरकार ढालेर सरकारमा जान लालायित छैनौँ । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौँ ।’ पार्टीले यति वेला सरकारभन्दा पनि पार्टी र संगठन निर्माणलाई जोड दिएको उनको भनाइ थियो । नेता श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर माओवादी पार्टीअघि बढेको बताए ।...
कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद भण्डारी नियुक्त

कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद भण्डारी नियुक्त

नेपाल । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् । भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यसअघि आन्तरिक मामिला मन्त्री रहेका लीलावल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो । ...
रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगिंदै

रविलाई बयानका लागि काठमाडौंबाट चितवन लगिंदै

नेपाल । सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार चितवन लगिंदैछ । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पुरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याउन लागिएको हो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो । जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ । साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरुलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो । रविलाई कास्की, रुपन्दे...
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी, माओवादी दोस्रो

कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी, माओवादी दोस्रो

नेपाल । काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको मतगणनामा डङ्गोलले पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएका हुन् । विसं २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको मृगौलासम्बन्धी रोगबाट गत साउन १० गते निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । डङ्गोलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा सुरेन्द्र मानन्धरले चार हजार तीन सय ३७ मत प्राप्त गरे । साथै स्वतन्त्र उम्मेदवारहरु राजमान महर्जनले दुई हजार ३६ र कविकुमार महर्जनले एक हजार तीन सय १४, दिनेशकुमार अधिकारीले एक हजार ४८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले नौ सय ९५ मत प्राप्त गरे ।...
दोलखा गौरीशंकरको उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी

दोलखा गौरीशंकरको उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी

नेपाल । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा शेर्पा विजयी भएकी छन् । उनले २ हजार ८०५ मतसहित विजय हासिल गरेकी हुन् । माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याइन् । गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५९० मत खसेको थियो ।...
उपनिर्वाचनको परिणामः ३१ स्थानमा कुन पार्टीका कसले जिते ?

उपनिर्वाचनको परिणामः ३१ स्थानमा कुन पार्टीका कसले जिते ?

नेपाल । आइतबार ४१ पदका लागि भएको उव निर्वाचनको परिणाम आइरहेको छ । यी ३१ स्थानमा कसले जिते ? १, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी २, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी ३, गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी ४, महोत्तरीको रामगोपालपुर नगरपालिका२ मा एमालेका सकिवुल खाँ विजयी ५, दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी ६, गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब.मगर विजयी ७, रौतहटको इशनाथ नगरपालिका ७मा काँग्रेसका शेख अब्दुल खलिक विजयी ८, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका५ मा कांग्रेस मोती राम खत्री विजयी ९, जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी १०, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी ११, दार्चुलाको दुहुँ गा...
प्रधानमन्त्री ओली सोमबारदेखि चीनको औपचारिक भ्रमणमा

प्रधानमन्त्री ओली सोमबारदेखि चीनको औपचारिक भ्रमणमा

नेपाल । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेकार्यक्रम तय भएको छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्...
काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं १६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

नेपाल । आइतबार सम्पन्न उप निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । १० हजार ५५८ मत भध्ये २ हजार ९०२ मत पाउँदै उनी विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् । २०७९ को निर्वाचनमा उक्त वडामा कांग्रेसले जितेको थियो ।...