देशविदेशमा राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै
नेपाल । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको सम्झनामा मंगलबार राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ ।
२०३३ पुस १६ गते कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा स्वदेश फर्किएका थिए। आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका वेला उनी स्वदेश फर्किएका थिए ।
२०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइए...








