९ भाद्र २०८३, मंगलवार

राजनीति/समाज

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा छलफल

नेपाल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले बिहीवार साँझ पूर्वराष्ट्रपति भण्डारीको निवास पुगेर भेटबार्ता गर्नुभएको हो । प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न साँझ उहाँको निवास बुढानीलकण्ठ पुग्नुभएको थियो । करिब दुई घण्टा लामो भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।...
माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

माओवादी स्थायी कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी

नेपाल । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । बैठकमा सहभागी हुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि पेरिसडाँडा पुगेका थिए । बैठकले आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । बैठक शनिबारसम्म चल्नेछ । पुनलाई उपाध्यक्ष बनाएर माओवादीमा सक्रिय गराउने पार्टी अध्यक्ष प्रचण्डको तयारी छ । ...
एमाले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गते बस्दै, अजेण्डा के के छन् ?

एमाले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गते बस्दै, अजेण्डा के के छन् ?

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दैछ । प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उनले बताए । उपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ । सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरिताको सन्देश दिन सकेको ज्ञवालीले बताए ।...
भीम रावलद्वारा बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

भीम रावलद्वारा बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

नेपाल । नेकपा एमालेले पार्टीबाट निष्काशन गरेपछि पूर्वउपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो घोषणा गरेका हुन् । रावलले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको निष्कर्ष सार्वजनिक गरेका छन् । रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे ।...
केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुन्छः बामदेव

केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुन्छः बामदेव

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल र राष्ट्रिय एकता अभियानका संयोजक तथा नेता बामदेव गौतमसहितका नेताहरूबस्च छलफल भएको छ। बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा नेताहरूबीच बैठक सम्पन्न भएको हो । बैठकपछि नेता वामदेव गौतमले केही समयभित्र नै एकीकृत समाजवादीसँग एकता हुने बताउनु भएको छ । एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् । तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन ।...
समाज केन्द्रित हुन सके काँग्रेसमा युवापुस्ताको आकर्षण बढ्छः गगन थापा

समाज केन्द्रित हुन सके काँग्रेसमा युवापुस्ताको आकर्षण बढ्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । प्राडा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको चितवनमा विमोचनपछि सम्बोधन गर्दै उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताएका हुन् । कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए ।...
केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न एमालेको सचिवालय बैठक बस्दै

केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न एमालेको सचिवालय बैठक बस्दै

नेपाल । केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक शुरु हुने छ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ ।...
काँग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन

काँग्रेसको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम देउवाले सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । विभागमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेका छन् । सदस्य मनोनित भएकाहरुः -खगेश्वर बोहरा, कञ्चनपुर -मीनबहादुर भण्डारी, जुम्ला -ध्रुव खड्का, काठमाडौं -जमसेर अलि मियाँ, कपिलवस्तु -सिताराम परियार, काभ्रेपलाञ्चोक -शम्भुहरि बास्तोला, सोलुखुम्बु -सञ्जीव घिमिरे, झापा -जुनु गुरुङ, लम्जुङ -विजयकुमार सिंह, रौतहट -राजीव श्रेष्ठ, काठमाडौं...
सभापति उठ्ने कि नउठ्ने सम्बन्धमा गगन थापा भन्छन्-महाधिवेशनको समयमै सोचौंला

सभापति उठ्ने कि नउठ्ने सम्बन्धमा गगन थापा भन्छन्-महाधिवेशनको समयमै सोचौंला

नेपाल (हेटौंडा) । कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी गरेका छन् । मंगलबार हेटौंडामा ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विधानअनुसार नै महाधिवेशन समयमै हुने दाबी गरे । ‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन । प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्दैन कि भन्ने नसोच्नुहोला,’ उनले भने । पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने पटक–पटक दाबी गरे । उनले पार्टीका मञ्चहरुमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५ औं महाधिवेशनबारे कुरा हुने गरेको भन्दै १५औं महाधिवेशनको विषयमा रुवाबासी गर्नुनपर्ने बताए । ‘नेतृत्वको विषयमा महाधिवेशनको समयमै सोचौंला । अहिले २०८१ मा छौं...
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा भाग लिने

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा भाग लिने

नेपाल । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिने भएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णय सार्बजनिक गर्दै चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिने भएको छ । ‘२०८४ को निर्वाचनमा पार्टी दर्ता गरेर उपयुक्त निर्वाचन लिइनेछ’ सो पार्टीका प्रवक्ता खडगप्रसाद विश्वकर्माले जानकारी दिए । उनका अनुसार फागनु २१ गते देखी झापा–कञ्चनपुरसम्मको जनमार्च गरिने पनि उनले उल्लेख गरेका छन ।...