११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

राष्ट्रिय युवा संघको अध्यक्षमा पुनः क्षितिज थेबे निर्वाचित

राष्ट्रिय युवा संघको अध्यक्षमा पुनः क्षितिज थेबे निर्वाचित

नेपाल । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः क्षितिज थेबेलाई निर्वाचित गरेको छ । मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत पाएको निर्वाचन समितिले जनाएको छ । पोखरा सभागृहमा मंगलबार सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए । निर्वाचित अध्यक्ष : क्षितिज थेवे उपाध्यक्ष : महाराज गुरुङ उपाध्यक्ष : विनय शाह महासचिव : महेश चौलागाईं उपमहासचिव : उपेन्द्र शाही सचिव : अरुण कुँवर सचिव : निसा लिम्बू सचिव : मोविन अख्तर अलाम सचिव : मदन भण्डारी ...
जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण हुन्छः राजावादी दलहरु

जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण हुन्छः राजावादी दलहरु

नेपाल । राजसंस्था पुनस्थापन र हिन्दु राष्ट्र घोषणाको माग राप्रपासहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छन् । राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह–पूर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगतसँग आग्रह गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले अवलम्बन गरेका ‘एजेन्डा’ स्थापित गर्ने क्रममा हुन गइरहेको आन्दोलन शान्तिपूर्ण हुने बताए । राष्ट्रिय शक्ति अभियानका संयोजक केशरबहादुर विष्टले देशमा राजनीतिक स्थिरता र शान्ति सुव्यवस्थालाई सहज तुल्याउन आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागलाई जनदबाब सिर्जना गरी सम्बोधन गर्न आह्वान गरिएको आन्दोलनलाई सहयोग पुर्याउन सबैसँग अनुरोध गरे । ...
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको काँग्रेसको निष्कर्ष

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको काँग्रेसको निष्कर्ष

नेपाल । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष निकालेको छ । सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले गृहमन्त्री लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नै संलग्नता नरहेको र कुनै गल्ती नरहेको बताएपछि कांग्रेसले उनको कुरालाई पूर्ण रूपमा विश्वास गरेको बताए । उनले भिजिट भिसा प्रकरणमा संलग्नहरूमाथि छानबिन र कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको स्पष्ट पारे । उनले भिजिट भिसाको दुरुपयोग र भ्रष्टाचार आफूहरूलाई मान्य नभएको बताउँदै त्यसमा गृहमन्त्रीको संलग्नता नरहेको दोहोर्‍याए । साथै बैठकमा सक्रिय सदस्यता नविकरण गर्ने बिषयमा भएको प्रगतिबारे महामन्त्री गगन थापाले प्रस्तुति दिए...
सर्वोच्चको फैसला अन्यायपूर्ण छः रास्वपा

सर्वोच्चको फैसला अन्यायपूर्ण छः रास्वपा

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ । प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको उल्लेख गरेका छन् । ...
जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह

जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह

नेपाल । राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबारजारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवार व्यक्तिले अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न, सुरक्षा निकायले राजधानीलगायत क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन र आफ्ना विरोध तथा प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।” आयोगले देशको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरित हुनुका साथै निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ रहेको उल्लेख गरिएको छ । “शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्...
‘लिटिल बुद्ध’ समेत भनेर चिनिने बम्जन फेरि जेल चलान

‘लिटिल बुद्ध’ समेत भनेर चिनिने बम्जन फेरि जेल चलान

नेपाल । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन् । ‘लिटिल बुद्ध’ समेत भनेर चिनिने बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिनुभयो । सोमबार साँझ प्राप्त अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकामस्थित मलङ्गवा कारागार चलान गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाही जिल्ला अदालतका सूचना अधिकारी कापरका अनुसार सम्पत्ति शुद्धीकरण कसुरमा विवादित धर्मगुरु बम्जनमाथि गएको फागुन ५ गते अदालतमा मुद्दा दर्ता भएको थियो । बम्जनविरुद्ध यसअघि सर्लाही जिल्ला अदालतले अनुयायी अर्थात् आनीमाथिको यौन दुराचार मुद्दामा २०८१ असार १० ...
रवि पत्नी निकिताको भावुक स्टाटस–त्रास अझैं बाँकी छ…!

रवि पत्नी निकिताको भावुक स्टाटस–त्रास अझैं बाँकी छ…!

जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन। न्यायालय, न्यायकर्ता र न्यायप्रतिको दृढ विश्वास लिएर तेस्रो दिन पनि अदालत पुगें। बहस सकिएर आदेश आउने दिन, सुनाउनेले जे–जे सुनाए पनि अदालतप्रतिकै आश मर्न दिएन मनले। अन्याय हुँदैन भन्ने लागिरह्यो। हाम्रो तर्फबाट बहस राम्रो भयो। बेञ्चका हरेक प्रश्नको कानून व्यवसायीको तथ्यपूर्ण जवाफ। बहसले तथ्य पक्रेर आदेश गर्न बेञ्चलाई प्रशस्तै आधार दिएको ठानें। न्यायप्रतिको विश्वास झनै बढ्यो। करिब दुई बजेतिर बहस सकिएपछि आदेशको प्रतीक्षामा यताउति गरिरहे। केहीपछि सह–रजिष्ट्रार (प्रवक्ता)को कार्यकक्षमा बस्न भनियो। केही सञ्चारकर्मी पनि थिए। आदेश कुर्दाकुर्दै करिब ७ घण्टा बित्यो। ‘एकैछिन है ...’ भन्दै कार्यकक्षबाट निस्किएका प्रवक्ता फर्किएनन। आदेश ल्याएर सुनाउनु पर्ने मान्छे नै हराए। ‘श्रीमान त निस्किनु भयो’ भनेर एकजना पत्रकार भा...
कृष्णबहादुर महरालाई जेलमा पुर्याउने रोशनी शाही मृत अवस्थामा भेटिइन्

कृष्णबहादुर महरालाई जेलमा पुर्याउने रोशनी शाही मृत अवस्थामा भेटिइन्

नेपाल । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत अवस्थामा भेटिएकी छन । ५० वर्षीय उनी आइतबार भक्तपुरमा मृत अवस्थामा भेटिएकी हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यैपानले जानकारी दिएका छन् । ...
तीनकुने घटनाः धवलशमशेर, रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित ६१ जना बिरुद्ध मुद्दा दर्ता

तीनकुने घटनाः धवलशमशेर, रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित ६१ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। ५० जनालाई राज्यविरुद्धको कसुरमा र अरू ११ जनालाई आपराधिक उपद्रव गरेको अभियोगमा मुद्दा दर्ता भएको हो। राज्यविरुद्धको कसुरमा राप्रपाका उपाध्यक्ष धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित ६१ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए । यसैगरी दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको काफ्लेले जानकारी दिए । चैत १५ गते राजावादीहरूले दुर्गा प्रसाईंलाई जनकमाण्डर तोकेर प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो। यस्तै प्रदर्शनकारीहरूले त्यस दिन व्यक्ति तथा राज्यका सम्पत्तिमा ठूलो नोक्सानी पुर्‍याएका थिए । यस्तै ...
एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने

एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सातदशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वानसमेत गरिएको उहाँले बताउनुभयो । उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देश गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित द...