११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै

नेपाल । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी ह...
डा. शेखर कोइराला र गगन थापाबीच अर्थपूर्ण भेटवार्ता

डा. शेखर कोइराला र गगन थापाबीच अर्थपूर्ण भेटवार्ता

नेपाल । शुक्रबार झन्डै एक वर्षपछि नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा भेटवार्ता भएको हो। यसअघि दुई नेताबीच ३० असार २०८१ मा मन्त्री पठाउने विषयमा छलफल भएको थियो । त्यसपछि शुक्रबार भेट भएको नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । नेता कोइरालाले कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका छन् । विगतमा महामन्त्री थापा पनि इतर समूहमै रहे पनि पछिल्लो समय कोइरालासँग दूरी बढेको चर्चा हुँदै आएको थियो । तर यसैबीच दुई नेताहरूबीच शुक्रबार भेटवार्ता भएको हो ।...
नेपालमा अब ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता

नेपालमा अब ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता

नेपाल । अब नेपाल सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै दिने भएको छ । विहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् । वृद्धवृद्धाहरूले अहिले ६८ वर्षमा भत्ता पाउँदै आएका थिए ।
सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनु पर्छः प्रधानमन्त्री

सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनु पर्छः प्रधानमन्त्री

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रूपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । बहत्तरौँ अन्तरराष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा देखिएको फोहरमैलाको समस्या समाधानका लागि विद्यमान कानुनी व्यवस्थामा परिमार्जन गर्ने प्रक्रियामा सरकार रहेको पनि जानकारी गराए। प्रधानमन्त्री ओलीले सगरमाथामा जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्ने नियम बनाउनुपर्ने बताउँदै त्यसका लागि राष्ट्रियसभामा विधेयक दर्ता भइसकेकाले सरोकार भएका पक्षबाट त्यसलाई अझ परिस्कृत बनाउन सुझाव आउने अपेक्षा व्यक्त गरे। प्रधानमन्त्री ओलीले सगरमाथालाई सुन्दर र सुरक्षित राख्नुपर्नेमा जोड दिँदै शेर्पाहरुले माथि लगिदिइहाल्छन् भन्ने सोचले जो कोही पनि सगरमाथा आरोहण गर्ने हावी भएको उल्लेख गरे। उनले लागुऔषध सेवन गरेर स...
नेपालस्थित पाकिस्तान दूतावासद्वारा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपालस्थित पाकिस्तान दूतावासद्वारा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

नेपाल । नेपालस्थित पाकिस्तान दूतावासद्वारा आयोजित १२औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ निबन्ध लेखन प्रतियोगिता तथा ८औं वार्षिक ‘एम्बेसडर अफ पाकिस्तान’ वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई नगद तथा पदकसहित पुरस्कृत गरिएको छ । यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘कृत्रिम बौद्धिकता र मानव जातिको भविष्य’ रहेको थियो। प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, आयुष शाह द्वितीय, र सन्त जोसेफ इङ्लिस एकेडेमीका सञ्जोक मगर तृतीय भएका छन्। विजयीहरूलाई क्रमशः स्वर्ण, रजत र कास्य पदक, स्मृतिचिन्ह र नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, अन्य १० जना विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको थियो। वक्तृत्वकला प्रतियोगितामा ‘पुस्तक वा प्रविधि र शिक्षाको भविष्य’ विषयमा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थीहरूले...
जेठ १५ गते नेपालमा गणतन्त्र दिवस भव्यरुपमा मनाइँदै

जेठ १५ गते नेपालमा गणतन्त्र दिवस भव्यरुपमा मनाइँदै

नेपाल । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारक...
कांग्रेसका नेता मोहम्मद अफताव आलमले उच्च अदालतबाट पाए सफाइ

कांग्रेसका नेता मोहम्मद अफताव आलमले उच्च अदालतबाट पाए सफाइ

नेपाल । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको उच्च अदालतबाट सफाइ पाउनु भएको छ । उच्च अदालत वीरगन्जको न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उहाँलाई सफाइ दिएको हो । रौतहट जिल्लाका आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । फैसला उल्टिएसँगै उहाँ थुनामुक्त हुनु भएको छ । पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजापुरमा बम बनाउने क्रममा विस्फोट भई घाईते भएकालाई इँटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका आलमलाई उच्च अदालत वीरगञ्ज इजलासले सफाई दिएको हो । उहाँलाई यसअघि जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।...
जेठ १५ गते गणतन्त्र दिवस जनताको उत्सवको दिन होः पोखरेल

जेठ १५ गते गणतन्त्र दिवस जनताको उत्सवको दिन होः पोखरेल

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरू जनविरोधी भएका बताएका छन् । लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिसँग सिङ्गो पार्टी एक ढिक्का भएर जुध्नुपर्नेमा उनले जोड दिए । जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठकमा उनले यस्तो कुरा बताएका हुन् । जेठ १५ गते गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उनको प्रष्टोक्ति छ । पार्टी सचिवालयको ५२ औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध सङ्गठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ । ...
संविधान र संघीयता विरोधीहरुको प्रयास सफल हुँदैनः प्रचण्ड

संविधान र संघीयता विरोधीहरुको प्रयास सफल हुँदैनः प्रचण्ड

नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयताविरोधीहरुको प्रयास सफल नहुने दाबी गरेका छन् । गोरखा जिल्लास्थित शहिद लखन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै सबै क्षेत्रको पहिचानसहितको यो संविधान बनेको बताएका हुन् । उनले नेपालमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक भाष्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरे ।...
दक्षिण कोरियाको अध्ययन अनुमति नरोक्ने सर्वोच्चको आदेश

दक्षिण कोरियाको अध्ययन अनुमति नरोक्ने सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आज दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “शैक्षिकसत्र प्रारम्भ भइसकेको अवस्थालाई विचारै नगरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई अनुमति दिने कार्य स्थगित गरिएको भन्ने विपक्षी मन्त्रालयको मिति २०८२–१–२८ मा भएको निर्णय तथा सो निर्णयका आधारमा प्रकाशित मिति २०८२–१–३० को सूचना कार्यान्वयन नगर्नू ।” आदेशमा सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूको अनुमति रोक्ने निर्णयले उनीहरूलाई अपूरणीय क्षति पुग्ने हुँदा रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म उक्त सूचना कार्यान्वयन नगर्न...