इलामको फिक्कलमा अन्तराट्रिय साहित्य सम्मेलन हुने
नेपाल । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अन्तराट्रिय साहित्य सम्मेलन हुने भएको छ । सूर्योदय नगरपालिका नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा आगामी जेठ १५ र १६ गते नेपाल तथा भारतका साहित्यकारको उपस्थितिमा अन्तराट्रिय साहित्य सम्मेलन हुने भएको हो ।
नगरले पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भूपाल राई हितका साहित्यकारको सहभागीता रहने छ ।
१५ गते फिक्कल बजारमा प्रभावफेरी सहित कार्यक्रम उद्घाटन गरीने नगरका शिक्षा शाखा प्रमुख तथा नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान सदस्य सचिव योगनिधी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दिन स्थानीय साहित्यकारले कविता वाचन गर्नेछन् । सोहि दिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिव प्रसाद अधिकारीको उपस्थितिमा ‘दिगो विकासका लक्ष्यलाई स्थानीयकरण’ शिर्षकमा बहस कार्यक्रम आयोजना गरि...









