११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

नेकपा एमालेले चलायो ‘म झोले हो’ अभियान

नेकपा एमालेले चलायो ‘म झोले हो’ अभियान

नेपाल । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरेपछि सबै नेता कार्यकर्ताले त्यसको सिको गरिरहेका छन् । पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’ भन्ने स्ट्याटस पनि लेखेका छन् । पोस्टरको तलतिर एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र भएको लेखिएको छ । एमाले महासचिव शंकर पोखरेलदेखि पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुँदै उक्त पोस्टर सुहाङ नेम्वाङसम्मले ‘सेय...
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न दिन्नौंः रास्वपा

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न दिन्नौंः रास्वपा

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानमा सघाउनुपर्ने बताए। ...
शीर्ष नेताहरूको बैठक निष्कर्षबिहीन, गृहमन्त्रीको राजीनामाको माग यथावत्

शीर्ष नेताहरूको बैठक निष्कर्षबिहीन, गृहमन्त्रीको राजीनामाको माग यथावत्

नेपाल । संसदको जारी गतिरोध अन्त्यका लागि सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने आफूहरूको अडान यथावत राखेको बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने अडान कायम राखेका पनि उनले बताए । छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओली ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।...
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ बराबर रहेको आयोगले जनाएको छ। सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । अयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको, एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो । आयोगले सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर गरेको छ । सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुुनी रूपमा आर्जन गरेको स्रोत नखुल...
प्रतिनिधिसभामा आगामी वर्षको बजेट माथिको छलफल सुरु हुँदै

प्रतिनिधिसभामा आगामी वर्षको बजेट माथिको छलफल सुरु हुँदै

नेपाल । मंगलबार जेठ २० गतेदेखि प्रतिनिधिसभामा आगामी वर्षको बजेट माथिको छलफल सुरु हुने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । ...
काठमाडौंका विभिन्न स्थानमा २ महिनासम्म विरोधका कार्यक्रम गर्न नपाइने

काठमाडौंका विभिन्न स्थानमा २ महिनासम्म विरोधका कार्यक्रम गर्न नपाइने

नेपाल । राजतन्त्रवादीको आन्दोलन चर्कंदै गएपछि नेपाल सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा २ महिनासम्म अनशन, धर्ना, घेराउ, जुलुस‚ सभा लगायतका विरोधका कार्यक्रम गर्न नदिने भएको छ । चक्रपथ र चक्रपथभित्रका सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सिफल‚ बल्खु र कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र बाहेक अन्यत्र कार्यक्रम गर्न निषेध गरिएको हो । नारायणहिटी क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवास बालुवाटार घेर्ने प्रयास गरेका थिए । शनिवार र आइतवार प्रदर्शनकारी बालुवाटार घेर्न जान खोज्दा भिडन्त भएको थियो । सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएको बताउँदै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम भोलिदेखि २ महिनासम्मका लागि सरकारले निषेध गरेको आदेश जारी गरेको छ।...
नेपालमा दरबार हत्याकाण्डको २४औँ स्मृति दिवस मनाइँदै

नेपालमा दरबार हत्याकाण्डको २४औँ स्मृति दिवस मनाइँदै

नेपाल । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस सोमबार मनाइँदै छ । यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो । त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्याकाण्डमा परी त्यसै दिन निधन भएको थियो । अर्ध मूर्च्छित अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र अर्ध म...
राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी हिरासतबाट छुटे

राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रहरी हिरासतबाट छुटे

नेपाल । आइतबार काठमाडौँमा राजावादीहरुको प्रदर्शनबाट पक्राउ गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सातजनालाई प्रहरीले छाडेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले नियन्त्रणमा लिइएका सातजनालाई छाडेको जानकारी दिए । राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह, शीला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र राजीव झालाई प्रहरीले पक्राउ गरेको थियो । भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोप लगाउँदै पक्राउ गरेको थियो । ...
हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

नेपाल । खेल पत्रकार हिमेशरत्न बज्राचार्यको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ आइतबार एक विशेष समारोहबीच लोकार्पण भएको छ । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्यले पुस्तकको लोकार्पण गर्नुभएको थियो । लोकार्पण समारोहमा एन्फा महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, खेल पत्रकारहरू तथा विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो ।...
कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह

कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह

नेपाल । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेका विरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराइए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताउनुभयो । उहाँले देशमा संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गर्नुभयो ।...