११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि छानबिन हुने

अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि छानबिन हुने

नेपाल । ईंट्टाभट्टामा जिउँदै मान्छे हालेर मारेको अभियोगमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि छानबिन हुने भएको छ । उक्त आदेश दिने न्यायधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जन न्यायपरिषद्‍मा तानिएका छन् । न्यायपरिषद् बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै सर्वोच्चमा ल्याएको परिषद्ले जनाएको छ । न्यायधीशद्वयविरुद्ध उजुरी पर्नुका साथै चौतर्फी दबाब बढेपछि परिषद्‍को बैठकले यस्तो निर्णय गरेको हो। उनीहरूविरुद्ध न्यायपरिषद्‍मा मृतक पिन्टु त्रिलोकका बुबासहितकाले उजुरी दिएका थिए। ...
पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

नेपाल । पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा उच्च अदालत, पाटनले अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले बिहीबार सो आदेशलाई निरन्तरता दिएको हो ।...
नेकपा एसले ५० जिल्लामा गर्यो अधिवेशन

नेकपा एसले ५० जिल्लामा गर्यो अधिवेशन

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) ले छ वटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ। पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालकाअनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन भइरहेका छन् । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ।...
समसामयिक राजनीतिक विषयमा ओली र देउवाबीच छलफल

समसामयिक राजनीतिक विषयमा ओली र देउवाबीच छलफल

नेपाल । बुधबार समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिए पनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुटेका हुन् । बैठकमा रास्वपाको जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल भएको जनाइएको छ ।...
एक किलो १५९ ग्राम सुनसहित एकजना भारतीय त्रिअ विमानस्थालबाट पक्राउ

एक किलो १५९ ग्राम सुनसहित एकजना भारतीय त्रिअ विमानस्थालबाट पक्राउ

नेपाल । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन् । प्रहरीले प्लास्टिकले ‘र्याप’ गरेको तीन वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस् पदार्थ फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरे बताउनुभयो ।...
पुँजीगत खर्च बढ्न नसकेकोमा मन्त्री पौडेलद्वारा चिन्ता प्रकट

पुँजीगत खर्च बढ्न नसकेकोमा मन्त्री पौडेलद्वारा चिन्ता प्रकट

नेपाल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्नुभएको छ । मन्त्रालयअन्तर्गतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गर्नुभयो ।...
एसइईको नतिजा असारभित्रै प्रकाशन हुने

एसइईको नतिजा असारभित्रै प्रकाशन हुने

नेपाल । माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हो । २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो।
योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियान चलाऔंः प्रधानमन्त्री

योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियान चलाऔंः प्रधानमन्त्री

नेपाल । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुसहितका प्रतिनिधि टोलीले छलफल गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकार स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।...
कांग्रेसले काम गरेको भएपनि प्रचार गर्न जानेनः गगन थापा

कांग्रेसले काम गरेको भएपनि प्रचार गर्न जानेनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएको त्यसको भारी पार्टीले नबोक्ने बताएका छन् । तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै गर्दै व्यक्ति चुकेपनि पार्टी चुक्न नहुने बताए । उनले जनतामा देखिएको असन्तुष्टि हटाउनको लागि सरकार र जनप्रतिनिधिले डेलिभरीमा ध्यान दिनुपर्ने बताए। उनले कांग्रेसले काम गरेको भएपनि प्रचार गर्न नजानेको पनि औँल्याए।...
नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा निधन

नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा निधन

नेपाल । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलका उपचारको क्रममा उहाँको बिहान ५ बजे निधन भएको जानकारी उहाँका भतिजा दुर्गाप्रसाद पौडेलले दिनुभयो । शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । शास्त्री अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । शास्त्रीका दुई छोरा नवीन पौडेल जर्मनी र ऋषव पौडेल जापानमा रहेकाले आउने क्रममा हुनुहुन्छ । मङ्गलबार उहाँहरू आएपछि स्वर्गीय शास्त्रीको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ललितपुर सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी पनि पारिवारिक स्रोतले दिएको छ ।...