१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

परराष्ट्रमन्त्री डा. आरजु राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. आरजु राणा ओमन प्रस्थान

नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार ओमन प्रस्थान गरेकी छन् । शुक्रबारदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । राणा ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा गएकी हुन्। सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा मुख्य विषय राखिएको सम्मेलनमा परराष्ट्रमन्त्री राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन् । परराष्ट्रमन्त्री राणाले सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्नेसम्बन्धी सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।...
माओवादी र समाजवादीबीच पार्टी एकता हुन्छः पुन

माओवादी र समाजवादीबीच पार्टी एकता हुन्छः पुन

नेपाल । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताए । यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरु रहेको बताए ।...
माधव र बाबुराम माथि मुद्दा चल्ने-नचल्ने फैसला अब पूर्ण इजलासबाट

माधव र बाबुराम माथि मुद्दा चल्ने-नचल्ने फैसला अब पूर्ण इजलासबाट

नेपाल । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मन्त्रिपरिषद्का निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चल्ने–नचल्ने फैसला अब पूर्ण इजलासबाट हुने भएको छ । ५ वर्षमा बिहबिार १३औं पटक सुनुवाइ भएको रिटउपर न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पेस हुने आदेश दिएको हो । २०७६ माघमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने दूषित निर्णय गर्ने प्रधानमन्त्री माधव नेपाल र बाबुरामलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै उनीहरूमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । ...
फागुन ६ र ७ गते नेकपा एसको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

फागुन ६ र ७ गते नेकपा एसको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

नेपाल । नेकपा एसले फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल हुनेछ । यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, सांगठनिक प्रतिवेदन पारित गर्ने छ । केन्द्रीय कमिटी बैठकको अन्य एजेण्डा, कार्यसूची अनुमोदन स्थायी कमिटी बैठकले तय गर्नेछ । सबै जनवर्गीय संगठनका कार्यप्रगति तथा ती संगठनका अधिवेशनबारे निर्णय गरिनेछ । बैठकले पार्टीको तल्लो तहदेखि सङ्गठन गठन र पुनर्गठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित...
नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

नेपाल । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित हुनु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो । पार्टी अध्यक्ष डा भट्टराई सात सय ६१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित हुनुभएको छ । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको ...
वर्तमान सरकार काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको होः गगन

वर्तमान सरकार काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको होः गगन

नेपाल । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभूत मूल्य मान्यतामा कुनै सम्झौता नहुने बताएका छन्। बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यतामा सम्झौता नगर्ने बताए । उनले वर्तमान सरकार नेपाली काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको बताए । उनले सरकार बनाउने कुरामा अरूसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ।...
नियमित रूपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशको बाटो रोज्नु गलत छः खनाल

नियमित रूपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशको बाटो रोज्नु गलत छः खनाल

नेपाल । नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले नियमित रूपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशको बाटो रोज्नु गलत छ भने । आगामी दिनमा बाम गठबन्धन हुने–नहुने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले अहिलेको अवस्थामा त्यस्तो सम्भावना न्यून रहेको बताए ।...
फागुन ४ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न-उत्तर

फागुन ४ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न-उत्तर

नेपाल । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए । सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराए । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ४ गते आइतबार अपराह्न दिनको १ बजे बस्नेछ ।...
संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनु पर्छः कोइराला

संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनु पर्छः कोइराला

नेपाल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनु भएको छ । जिपी कोइराला प्रतिष्ठानले ‘राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ शीर्षकमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको हो । कांग्रेस नेतृ एवं प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री कोइरालाले कांग्रेसलाई साङ्गठनिक सुदृढीकरणमार्फत अघि बढाएको बताउनुभयो । उहाँले अब कांग्रेस नेतृत्व परिवर्तनपछि देश नयाँ गतिमा अघि बढ्ने बताउनुभयो ।...
चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

नेपाल । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएसँगै उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो ।  ...