१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

नेपालमा संघीय संसदका दुबै सदनको बैठक बस्दै, ६ वटै अध्यादेश पेश गर्ने तयारी

नेपालमा संघीय संसदका दुबै सदनको बैठक बस्दै, ६ वटै अध्यादेश पेश गर्ने तयारी

नेपाल । नेपालमा बिहीबार संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी गरेको छ । तर प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ । अध्यादेश स्वीकृत गर्ने नगर्ने निर्णायक भूमिकामा जसपा नेपाल रहँदा उसले सत्ताको बार्गेनिङ सुरू गरेको छ । जसपा नेपालले सरकारले संसद्मा पेश गरेको अध्यादेशलाई गुण र दोषका आधारमा छलफल गरेर निर्णय लिने बताएको छ ।...
नेकपा एसले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख

नेकपा एसले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख

नेपाल । नेकपा (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको छ । जसमा पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेललाई जिम्मेवारी तोकेको छ। सङगठन विभागको प्रमुखमा डा. बेदुराम भुसाल, उपप्रमुखमा रामचन्द्र यादव, विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई, सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा पार्टी महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्र...
रवि लामिछाने चितवनमा फेरि प्रहरी हिरासतमा !

रवि लामिछाने चितवनमा फेरि प्रहरी हिरासतमा !

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई बुधबार साँझ चितवन जिल्ला अदालतले प्रहरीको जिम्मा लगाएको छ । थुनछेक बहस नसकिएपछि रविलाई हिरासत पठाएको हो । चितवन प्रहरीलाई अदालतले लेखेको पत्रमा ‘प्रतिवादी रवि लामिछानेको बयान कार्य सम्पन्न भई समय अभावका कारण थुनछेक कार्य नभ्याइएको हुँदा प्रतिवादीलाई फिर्ता पठाइदिनू’ भन्ने अदालतको आदेशानुसार बिहीबार दिनको १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाई पठाइएको उल्लेख छ ।...
एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था छैनः देउवा

एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था छैनः देउवा

नेपाल । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए । पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उनले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गरे । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन थियो । ...
रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर

रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको छ । सहकारी रकम हिनामिनासँग जोडेर उनीमाथि गरिएको यो चौंथो अभियोजन हो । यसअघि कास्की, काठमाडौं र रुपन्देहीका अदालतमा मुद्दा विचाराधीन छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिनामिना प्रकरणमा रविलाई आरोपित गरिएको छ । यो सहकारीको विषयमा गत असोजमा नै १७ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दर्ता भइसकेको थियो । अहिले रविसहित १५ जनामाथि पुरक अभियोजन गरिएको हो । ...
रवि लामिछानेबिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

रवि लामिछानेबिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

नेपाल । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा सोमबारनै मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका कारण मंगलबारमात्रै मुद्दा दर्ता हुन लागेको हो । विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ । यसअघि कास्की, काठमाडौं र रुपन्देहीबाट रवि मोटो रकम धरौटी बुझाएर रिहा भएका छन् ।...
सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको माधव नेपालको आरोप

सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको माधव नेपालको आरोप

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नामको पछि दौडिरहेको बताउनु भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी( संघीय सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष नेपालले वर्तमान सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको बताउनु भयो ।...
माओवादीले तोक्यो सात भौगोलिक, विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी

माओवादीले तोक्यो सात भौगोलिक, विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी

नेपाल । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा सोमबार बसेको पदाधिकारी बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेताहरूको कार्यविभाजन गरेको छ । पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो । कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृकाप्रसाद यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको हो । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क) मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ ।...
सङ्गठन निर्माणमा क्रियाशील बन्न सबैलाई काँग्रेस सभापति देउवाको आग्रह

सङ्गठन निर्माणमा क्रियाशील बन्न सबैलाई काँग्रेस सभापति देउवाको आग्रह

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्गठन निर्माणमा अहिलेदेखि नै क्रियाशील बन्न सबैलाई आग्रह गरेका छन् । उनले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गरे । कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी पार्टी सङ्गठन निर्माणमा लाग्न आग्रह गरेका हुन् । सभापति देउवाले पर्यटकीय नगरी पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यहाँको सुन्दरतालाई जोगाई राख्नुपर्नेमा समेत जोड दिए । ...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटमा विवाद नगर्न माधव नेपालको अनुरोध

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुटमा विवाद नगर्न माधव नेपालको अनुरोध

नेपाल । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको रुटमा अवरोध खडा नगरी निर्माण कार्यमा सहयोग गर्न भारत सरकारसंग अनुरोघ गरेका छन । नेपाल र भारतका पत्रकारको संस्था मिडिया फर बोर्डर हार्मोनीले रौतहट सदरमुकाम गौरमा शनिवार आयोजना गरेको नेपाल भारत मैत्री सम्वादमा प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त आग्रह गर्दै पुर्व प्रधानमन्त्री नेपालले भारतले सम्बन्धका लागि जनकपुरधाम–अयोध्या र लुम्बिनी–बोधगयाका लागि नयाा रुट बनाउनु पर्ने हुन्छ भने । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पनि नेपाल भारतका जनतालाई आवागमन समेत सहज हुने भएकोले एयर रुटको कुरा लिएर भारतलाई झमेला खडा नगर्न अनुरोध गरे । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल वनाउन आफु प्रधानमन्त्री भएको बेला २००९ मा निर्णय गरेको उनले बताए । कुनै कुरा गफ गरेर हुँदैन काम गरे मात्र सम्भव हुन...