१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

प्रजातन्त्र दिवसमा पूर्वराजाको चेतावनीयुक्त सन्देश

प्रजातन्त्र दिवसमा पूर्वराजाको चेतावनीयुक्त सन्देश

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न भनेका छन्। प्रजातन्त्र दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले त्यागले कसैको कद सानो नहुने भन्दै उक्त चेतावनी दिएका हुन् । व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाउँदै उनले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान भएको बताए । उनले प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्नेमा जोड दिए ।...
लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्वः माधव नेपाल

लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्वः माधव नेपाल

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको कार्यभार भएको बताउनु भएको छ। साथै उहाँले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराउनु भएको छ । ७५औँ प्रजातन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताउनु भएको हो।...
७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाईंदै

७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाईंदै

नेपाल । फागुन ७ गते बुधबार ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाल सरकारले प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ । ...
कांग्रेस-एमाले नेतृत्वको सरकार तोप नै हाने पनि ढल्दैनः ओली

कांग्रेस-एमाले नेतृत्वको सरकार तोप नै हाने पनि ढल्दैनः ओली

नेपाल । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलील तोप नै हाने पनि बर्तमान (कांग्रेस–एमाले) नेतृत्वको सरकार नढ्ल्ने बताएका छन । सोमबार लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले १७ महिनालाई तोप नै हाने पनि सरकार नढल्ने दाबी गरेका हुन । ‘अब १७ महिना मैले प्रधानमन्त्री चलाउँछु, त्यसपछि नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवा ज्युलाई हस्तान्तरण गर्दछु’, उनले भने । ...
काँग्रेसका नेता कार्यकर्ताले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छः महत

काँग्रेसका नेता कार्यकर्ताले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छः महत

नेपाल । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताए । माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए । अर्को प्रसङ्गमा पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको उनले बताए ।...
बेलुन पड्केर घाइते अर्थमन्त्री पौडेल र पोखराका आचार्यको उपचार हुँदै

बेलुन पड्केर घाइते अर्थमन्त्री पौडेल र पोखराका आचार्यको उपचार हुँदै

नेपाल । शनिबार पोखरामा भ्रमण वर्ष कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन् । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५–६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।...
सरकारले ल्याएको अध्यादेश पारित गर्ने सत्तारुढ दलहरुबीच सहमति

सरकारले ल्याएको अध्यादेश पारित गर्ने सत्तारुढ दलहरुबीच सहमति

नेपाल । शनिबार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ । बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने बताए ।...
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर

नेपाल । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ । सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन् । बैठकमा अरू तीन कार्यसूची पनि छन् । संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समुह ८ मा रहेका सांसद्हरुले प्रश्न सोध्नेछन् । बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन् । ...
आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने

आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने

नेपाल । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । भक्तपुरको लोकन्थलीस्थित उहाँको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उहाँले पुस्तकको आवरण सार्वजनिक गर्नुभएको हो । आजदेखि ८५ वर्ष पूरा गरी ८६ वर्ष प्रवेशको अवसर पारेर मदन पुरस्कार विजेतासमेत रहनुभएका चन्दको जीवन भोगाइमा आधारित आत्मकथा लेखन कुञ्जले प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो । चन्दले आफ्नो जन्मथलो पश्चिम पहाडको बैतडी रहेको जनाउँदै बालापनदेखि जीवनमा आएका उतारचढाव, घटनाक्रम, शिक्षा, राजनीतिक यात्रा, चार पटक प्रधानमन्त्री हुँदाको यात्रा, साहित्यिक यात्रा, देशको विषम परिस्थितिमा आएका चुनौतीको व्यवस्थापनलगायत विषय पुस्तकमा समेटिने उल्लेख गर्नुभयो। उहाँले आमपाठकलाई आफ्नो जिन्दगीले दिने सन्देश सकारात्मक हुने बताउनुभयो...
अध्यादेश पारित गर्ने रणनीति बनाउन सत्तारुढ दलहरूको बैठक बस्दै

अध्यादेश पारित गर्ने रणनीति बनाउन सत्तारुढ दलहरूको बैठक बस्दै

नेपाल । अध्यादेश पारित गर्ने रणनीति बनाउन सरकारमा सहभागी दलहरूको बैठक शनिबार बस्दैछ । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयअनुसार आज बिहान ११ बजे सत्तापक्षीय सबै दलको बैठक बस्न लागेको हो। बैठकमा सत्तारुढ दलका शीर्ष नेतासहित प्रमुख सचेतक सहभागी हुने छने । राष्ट्रिय सभामा बहुमत नपुग्दा ‘गलपासो’ बनेका अध्यादेश कसरी पारित गराउने भन्नेबारे बैठकले समाधान निकाल्नेछ। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीलाई मनाउने प्रयास समेत असफल भएपछि एमालेले माओवादी र कांग्रेसले एकीकृत समाजवादीलाई फकाउने जिम्मा पाएका छन् । शुक्रबार बसेको कांग्रेस संस्थापन पक्षका नेताहरुको बैठकले समेत एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय गरेको थियो ।...