१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउदै छः नेपाल

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउदै छः नेपाल

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेर आर्थिक संकट निम्त्याउन खोजेको दाबी गर्नुभएको छ । साथै केपी ओली नेतृत्वको वर्तमान सरकार नालायक, अयोग्य, असक्षम र देश तथा जनताप्रति गैरजिम्मेवार रहेको दाबी गर्नुभएको छ। आइतबार अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ केन्द्रीय बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान केपी ओली सरकार संविधानप्रति इमान्दार नरहेको बताउनुभयो । ‘यो सरकार नालायक, अयोग्य, असक्षम र गैर जिम्मेवार मात्र होइन संविधान, नियम कानुन र विधान समेत कुल्चिन्छ’,अध्यक्ष नेपालको भनाइ छ । ओलीले संसद् विघटन गरेको पहिलाको नजिर रहेको नेपालले बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपालले मुलुकको आर्थिक अवस्था कमजोर रहेको भन्दै सरकार नै अनुत्पादक क्षेत्रमा खर्च गर्न उद्यत रहेको बताउनुभयो ।...
बोलेकै भरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने गगन थापाको टिप्पणी

बोलेकै भरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने गगन थापाको टिप्पणी

नेपाल । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले बोलेकै भरमा वा विज्ञप्ती जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने टिप्पणी गरेका छन् । प्रजातन्त्र दिवसको अघिल्लो दिन विज्ञप्ती जारी गरेको विषयमा राजनीतिक तहमा ज्ञानेन्द्र शाहबारे टिकाटिप्पणी भइरहेका बेला विराटनगरमा पत्रकारको प्रश्नको जवाफमा महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् । महामन्त्री थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको स्पष्ट पार्दै जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने बताए । ...
ताप्लेजुङको फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी

ताप्लेजुङको फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी

नेपाल । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पाथीभरा केबलकार विवाद चर्किँदै गएपछि परिस्थिति प्रतिकूल बन्दै गएकोभन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहानदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति अबेर जारी गर्नुभएको सूचनाअनुसार सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्ले पाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । शनिवार राति नो केबुलकार समूहले फुङ्लिङमा बजारमा गरेको प्रदर्शनपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको र झडपका कारण परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्माणाधीन केबुलकारको विषयलाई लिएर शनिवार साँझ सदरमुकाम फुङ्लिङमा आन्दोलनकारी र प्रहरीबिच झडप हुँदा दर्जनौं सङ्ख्यामा दुवै पक्षका घाइते भएका छन् । नो केबुलकार...
नेकपा एसले नेता कार्यकर्तालाई बनायो १३ बुँदे आचारसंहिता

नेकपा एसले नेता कार्यकर्तालाई बनायो १३ बुँदे आचारसंहिता

नेपाल । नेकपा एकीकृत समाजवादीले १३ बुँदे आचारसंहिता तय गरेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीका नेता कार्यकर्तालाई आचारसंहितामा कडाइ गर्ने प्रस्ताव राखेका हुन् । आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’ पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने उल्लेख छ । नेता कार्यकर्ताको खानपान, रहनसहन, बस उठ सरल र सामान्य हुनुपर्नेछ। आचारसं...
बेलुन पड्किँदा घाइते पोखरा महानगरका मेयर धनराज आचार्य डिस्चार्ज

बेलुन पड्किँदा घाइते पोखरा महानगरका मेयर धनराज आचार्य डिस्चार्ज

नेपाल । पोखरा भ्रमण वर्षको घोषणा समारोहमा आगोमा बेलुन पड्किँदा घाइते भएको पोखरा महानगरपालिका मेयर धनराज आचार्य बिहीबार डिस्चार्ज भएका छन् । गत शनिबार पोखरा नयाँबजारमा आयोजित कार्यक्रममा उद्घाटनका क्रममा बेलुन पड्किदा मेयर आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । घाइते दुवैजनाको काठमाडौंस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भएको थियो । अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भएका थिए ।...
संविधानसभा सदस्य विदुर सापकोटाको निधन

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

नेपाल । संविधानसभा सदस्य तथा नेकपा एसका नेता विदुर सापकोटाको निधन भएको छ । सुगरबाट पीडित ५८ वर्षीय सापकोटालाई केही दिनयता उच्च ज्वरो आएको थियो । उपचारका क्रममा गएराति हेल्पिङ ह्याण्ड अस्पतालमा निधन भएको हो । लामो समय एमाले काभ्रेपलाञ्चोक एमालेको सचिव रहेका उनी पछिल्लो समय नेकपा एसको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा थिए । २०७० सालको संविधानसभा निर्वाचनबाट उनी काभ्रे ४ बाट उनी निर्वाचित भएका थिए । सापकोटाका श्रीमती एक छोरी छन्।...
अध्यादेशको विपक्षमा उभिने नेकपा एसको निर्णय

अध्यादेशको विपक्षमा उभिने नेकपा एसको निर्णय

नेपाल । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दैछ । बुधबार पोलिटब्युरो बैठक बसेपछि बिहीबार केन्द्रीय समितिको बैठक बस्न लागेको हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेको तथा आजको बैठकका लागि एजेन्डा तय गरेको थियो । जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्ध,मा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो । सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।...
माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी अभियान’ सञ्चालन गर्ने

माओवादीले फागुन १२ देखि ‘जनतासँग माओवादी अभियान’ सञ्चालन गर्ने

नेपाल । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि ‘जनतासँग माओवादी, तराई–मधेश जनजागरण अभियान’ शुरू गर्दैछ । अभियान झापाको कचनकवलबाट शुरू हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान शुरू गर्नेछन् । माओवादीका पदाधिकारी सबै तीन दिनसम्म कोशी प्रदेशका तीन जिल्लामा खटिने भएका छन् । हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा अभियान सञ्चालन हुनेछ । उद्घाटनको दिन बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्नेछ । फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना हुनेछ । फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना ग...
कांग्रेस सभापति शेरबहादुर देउवा भारत जाँदै

कांग्रेस सभापति शेरबहादुर देउवा भारत जाँदै

नेपाल । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तर प्रदेशको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुन उनी बिहीबार भारत प्रस्थान गर्न लागेको सचिवालयले जनाएको छ । भारतमा जारी महाकुम्भमा यसअघि कांग्रेस महामन्त्री गगन थापा पनि पुगेका थिए । सचिवालयका अनुसार देउवाको राजनीतिक भेटघाट भने तय छैन । देउवा सहभागी हुने यो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् ।...
सबै खाले मतभेदको संवादमार्फत् सहमति खोजौंः रास्वपा

सबै खाले मतभेदको संवादमार्फत् सहमति खोजौंः रास्वपा

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रजातन्त्र केवल शासन प्रणाली मात्र नभइ जनताको अभिव्यक्ति, अधिकार र समुन्नत समाज निर्माणको आधार भएको बताएका छ । प्रजातन्त्र दिवस अवसरमा शुभकामना दिँदै कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भनेका छन्, ‘नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन, अवसरको समानता, समानुपातिक–समावेशी प्रतिनिधित्व जस्ता लोकतान्त्रिक मूल्य–मान्यता आत्मसात् गरिरहे पनि मुलुकलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन नसकिएमा जनस्तरले निरन्तर उठाउँदै आएका प्रश्नको जवाफ व्यवस्थाले होइन त्यसका सञ्चालकले दिनुपर्ने तथ्य हामीले सदा स्मरण गरिरहनुपर्छ ।’ ऐतिहासिक दिवसले प्रजातन्त्रको महत्व सम्झाउने मात्र होइन, त्यसलाई जोगाइ राख्न नागरिकको कर्तव्य र जिम्मेवारी पनि बोध गराउने उल्लेख छ। सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई प्रोत्साहन गर्दै, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र प...