१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

असन्तुष्ट दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै अध्यादेश पेश गरिने

असन्तुष्ट दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै अध्यादेश पेश गरिने

नेपाल । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले असन्तुष्ट भएका दललाई सहमतिमा ल्याएर फागुन तेस्रो साता नै सदनमा अध्यादेश पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रवार साँझ बसेको दुई दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसबीचमा असन्तुष्ट दलहरूसँग छलफल गर्ने र सम्भवतः २१ गते नै अध्यादेश पेश गर्ने जानकारी दिए । दुवै सदन फागुन २१ मा बस्दै छ । फागुन २१ मा पेश नभए २२ मा पेश हुने उनले बताए । बैठकमा एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रमुख सचेतक महेश बर्तौंला तथा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम घिमिरेलगायत सहभागी थिए ।...
कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको छः गगन

कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको छः गगन

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिकको समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले पूँजीवादी अर्थव्यवस्थाबाट नै मुलुक समृद्ध हुने स्पष्ट पारे । नेपाली कांग्रेसले देशको अर्थतन्त्रलाई बलियो बनाउन चाहेको भन्दै महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई सँगसँगै लिएर अघि बढ्न सक्यो भने मात्र देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्ने बताए । अर्थतन्त्र बलियो नभएसम्म सरकारले कुनै पनि विकास निर्माणका कार्यलाई गति दिन नसक्ने भनाइ उनको छ । ...
प्रधानमन्त्री ओलीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, अध्यादेशबारे छलफल

प्रधानमन्त्री ओलीले डाके उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, अध्यादेशबारे छलफल

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ । बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । सरकारले ल्याएका अध्यादेश संसद्‌बाट स्वीकृतिका लागि पटक–पटक मिति तोकिए पनि एकपटक कार्यसूचीमा राखेर फिर्ता गर्नेबाहेक अरु कुनै प्रगति भएको छैन । मूलतः अध्यादेशलाई के गर्ने भन्ने बारेमा बैठक केन्द्रित हुने बुझिएको छ । ...
नेकपा एसले बनायो आन्दोलन परिचालन तयारी कार्यदल

नेकपा एसले बनायो आन्दोलन परिचालन तयारी कार्यदल

नेपाल । नेकपा (एस) को सचिवालय बैठक सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकले आन्दोलनको विस्तृत कार्य योजना बनाउन कार्यदल गठन गरेको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको छ। कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहनु हुनेछ । कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभएको छ । त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्ताबेज, सङ्गठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको उपमहासचिव भट्टराईको भनाई छ । ...
३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको कोइरालाको दाबी

३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको कोइरालाको दाबी

नेपाल । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस पार्टी अत्यन्त संवेदनशील र चलायमान पार्टी भएको दाबी गरेका छन् । स्व. नेता महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित समारोहमा बोल्दै नेता कोइरालाले देशमा विगत ३० वर्षदेखि भएको विकास कांग्रेसले नै गरेको दाबी गरेका छन् । देशभरिका २० वटा मेडिकल कलेज, २० वटा विश्वविद्यालय, २ लाख किलोमिटर बाटो, हातहातमा मोबाइल फोन सबै कांग्रेसको देन रहेको नेता कोइरालाले बताए । यी सबै उपलब्धि कांग्रेसकै कारणले आएको भए पनि जनतालाई थाहा नभएको कारणले अब जनतालाई बुझाउने तर्फ लाग्न उनले पार्टीका नेता कार्यकर्ताहरूलाई सुझाव दिए । ...
कुलमानलाई फेरि सोधियो २४ घण्टे स्पष्टीकरण

कुलमानलाई फेरि सोधियो २४ घण्टे स्पष्टीकरण

नेपाल । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग दोस्रो पटक स्पष्टीकरण सोधेको छ । यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री दीपक खड्काले पुनः २४ घण्टे स्पष्टीकरण सोध्नु भएको उहाँको सचिवालयले जनाएको छ । यसअघि खड्काले गत पुस २२ मा ९ बुँदे स्पष्टीकरण सोध्नु भएको थियो । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्न पुनः निर्देशन दिइएको छ । सचिवालयका अनुसार प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिन भनिएको छ । घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दोस्रो पटक स्पष्टीकरण सोधिएको हो । चित्त बुझ्दो स्पष्टीकरण नदिए सरकारले घिसिङलाई बर्खास्त गर्न सक्ने छ ।...
तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन पुनको चुनौती

तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन पुनको चुनौती

नेपाल । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए । जनताको निराशा र असन्तुष्टिमा आफ्नो भविष्य देखेर धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न पुनले ज्ञानेन्द्रलाई सुझाए ।...
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित

नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा १० जनालाई मनोनित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा देउवाले १० जनालाई मनोनित गरेका हुन् । मनोनयन भएका सदस्यहरूमा ललितपुरकी गीता सत्याल, बाँकेकी उमा थापा, महोत्तरीका विनोद यादव, मोरङका रविन राई, चितवनका डा हेमराज लामिछाने, काभ्रेका पुरुषोत्तम नेपाल, गोखराका राजु गुरूङ, धादिङका बाबुकृष्ण सापकोटा, जुम्लाका गोरखबहादुर सुनार र कैलालीका निर्प खड्का रहेका छन् ।...
जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनतामाझ जाने निर्णय नेकपा एसको निर्णय

जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनतामाझ जाने निर्णय नेकपा एसको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक गरिएको छ। गत शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले समसामयिक प्रस्तावहरू वाचन गर्नुभएको थियो । फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकमा केन्द्रीय कमिटीका २९८ सदस्य उपस्थित बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरु, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्य योजना र पार्टीका तात्कालिक सङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो । बैठकले वर्तमान सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै पार्टी जनतामाझ जाने निर्णय गरेको छ।...
रास्वपाको सचिवालय बैठकबाट केही नियमावली तथा कार्यविधिहरु पारित

रास्वपाको सचिवालय बैठकबाट केही नियमावली तथा कार्यविधिहरु पारित

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयको बैठकले केही नियमावली तथा कार्यविधिहरु पारित गरेको छ । गत बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बैठकले पार्टीको केन्द्रीय संगठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ । बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिस बमोजिम कवीन्द्र कार्की (काठमाडौं) र राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरिएको पार्टीले जनाएको छ । ...