११ भाद्र २०८३, बिहीबार

राजनीति/समाज

संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने काँग्रेसको निर्णय

संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने काँग्रेसको निर्णय

नेपाल । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । असार १६ गते सुरु भई सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दल एवं अन्य राजनीतिक दल, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग पनि कार्यदलले संवाद गर्ने छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि अझै प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताउनुभयो । बैठकले सुनको बिक्री प्रक्रियामा कायम कोटा र वितरण प्रणालीको एकाधिकार उचित नभएकाले तत्काल खारेज गर्न र यस क्षेत्रका समस्याको दीर्घकालीन समाधानार्थ सरकारको ध्यानाकर्षण गर...
भोटेकोशीमा आएको बाढीले नेपाल–चीनको केरुङ जोड्ने जोड्ने मितेरी पुल बगायो

भोटेकोशीमा आएको बाढीले नेपाल–चीनको केरुङ जोड्ने जोड्ने मितेरी पुल बगायो

नेपाल । भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । सोमबार राति भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको हो । बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको छ । ड्राइपोटमा काम गर्ने केही ड्राइभर, मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने आँकलन गरिए पनि हालसम्म पुष्टि हुन सकेको छैन । ...
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न विशेष समिति गठन

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न विशेष समिति गठन

नेपाल । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको विषयमा अध्ययन तथा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिको घोषणा गर्नुभएको हो । प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की रहनुभएको छ । समितिले विधेयकका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधिसभामा पेस भएको प्रतिवेदनमा र समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, निर्णय, विद्युतीय अभिलेख (अडियो, भिडियो) भन्दा फरक हुनेगरी ‘कुलिङ अफ पिरियड’ सम्बन्धी...
कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छः माधव नेपाल

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छः माधव नेपाल

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण श्रमजीवी जनताको समतामूलक समृद्धिका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । पार्टीनिकट विद्यार्थी जिल्ला कमिटीको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उनले देशको राजनीतिमा विभिन्न कम्युनिष्ट पार्टीमा बढ्दै गइरहेका अन्तरविरोधलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए । विश्व परिवेशमा कम्युनिष्ट आन्दोलन कमजोर भएको समयमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई अनुमोदन गरेको बताउँदै अध्यक्ष नेपालले देशको धरातलीय यथार्थ सापेक्ष कार्यनीतिक कार्यदिशाका कारण नेपाली समाजको रुपान्तरणका लागि कम्युनिष्ट आदर्श तथा विचारको विकास सम्भव भएको उल्लेख गरे ।...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र बालेन शाहबीच भेटवार्ता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र बालेन शाहबीच भेटवार्ता

नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । आइतबार भण्डारी र बालेनबिच भेटवार्ता भएको हो । बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन । उक्त भेटमा नेकपा (एमाले) का शेरधन राई, कृष्ण गोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागि थिए । ...
गिरिजाबाबु धेरै हिम्मत भएको र गणतन्त्र ल्याउने सच्चा नेता हुनः देउवा

गिरिजाबाबु धेरै हिम्मत भएको र गणतन्त्र ल्याउने सच्चा नेता हुनः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन् । गत शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फाउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद कोइराला भएको बताए । उनले भने, ‘गिरिजा प्रसाद कोइराला लडाकु व्यक्ति हो । उहाँ नभएको भए वास्तवमा गणतन्त्र आउने नै थिएन त्यस्तो आटिलो व्यक्ति हो । त्यसबेला मान्छेले गणतन्त्र ल्याउन भनेर सोच्न नै सक्दैन् थिए । उहाँले अरु पार्टीसँग समन्वय गर्नु भयो । पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पास भएको थियो । गणतन्त्र ल्याउने श्रेय गिरिजा प्रसादलाई जान्छ । नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति...
‘कुलिङ पिरियड’को विवादितका विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति

‘कुलिङ पिरियड’को विवादितका विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति

नेपाल । प्रमुख राजनीतिक दलबीच संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा शनिबार प्रमुख ५ राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट ७ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको हो । समितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २–२ तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सांसद रहनेछन् । समितिलाई गठन भएको २१ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश हुनेछ । यही असार २३ गते कार्यव्यवस्था परामर्श समितिबाट समितिमा रहने सांसदको नाम टुङ्ग्याएर प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने निर्णय भएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयकमा ...
विपत् व्यवस्थापन कार्यमा जुट्न मातहतका समिति र मोर्चालाई माओवादीको निर्देशन

विपत् व्यवस्थापन कार्यमा जुट्न मातहतका समिति र मोर्चालाई माओवादीको निर्देशन

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विपत् व्यवस्थापन कार्य तत्काल कार्यान्वयन गर्न मातहतका समिति र मोर्चालाई निर्देशन दिएको छ । वर्षा र बाढीपहिरोबाट हुने क्षति कम गर्दै जनताका धनजनको सुरक्षाका लागि विपत् व्यवस्थापन कार्यमा खटिन बिहीबार परिपत्र गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन अनुसार महासचिव देव गुरुङले परिपत्र जारी गर्दै विपत् व्यवस्थापन कार्य तत्काल कार्यान्वयन गर्न भन्नुभएको छ । पार्टीको विपत् व्यवस्थापन विभाग गठन गर्ने, स्वयम्सेवक परिचालन संयन्त्र बनाउने र स्वयम्सेवक टोली निर्माण गर्ने निर्णय अनुसार परिपत्र गरिएको महासचिव गुरुङले जानकारी दिनुभयो । विभागलाई पार्टीको प्रदेश, जिल्ला र पालिकास्तरसम्म अविलम्ब निर्माण गर्ने, केन्द्र, प्रदेश र जिल्लास्तरमा पार्टीको नेतृत्वमा स्वयम्सेवक परिचालन संयन्त्र निर्माण गर्न परिपत्र गरिएको छ । विपत् परिचा...
प्रधानमन्त्री ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै

प्रधानमन्त्री ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी स्वदेश फर्कंदै

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो । भ्रमणको अन्तिम दिन बिहीबार उहाँले स्पेनमा रहेका नेपाली समुदायसँग पनि भेट गर्नुभयो । बिहीबार नै प्रधानमन्त्री ओली दोहा हुँदै नेपाल फर्कने क्रममा रहनुभएको छ । उहाँ शुक्रबार अपराह्न काठमाडौँ आइपुग्नुहुने जनाइएको छ । अन्तर्राष्ट्रिय विकासका लागि वित्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एक दशकको अन्तरालमा स्पेनको सेभिया सहरमा आयोजना गरिएको थियो ।...
आफूलाई स्पष्टीकरण नसोधेको रामकुमारी झाँक्रीको दाबी

आफूलाई स्पष्टीकरण नसोधेको रामकुमारी झाँक्रीको दाबी

नेपाल । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको बताएपछि पार्टीले सोधेको दाबी गरेको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको दाबी गरे । तर झाँक्रीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गर्दै बिहीबार बैठकमा बोल्न समय माग गरेकी थिइन् । तर महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या देखाउँदै बैठक स्थगित गरिएको हो । अर्को बैठक २२ गते ११ बजे बस्ने तय भएको छ । उनले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । त्यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र चर्को विवाद छ । ...