१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी

मकवानपुर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी

नेपाल (हेटौंडा) । स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मकवानपुरको सबैभन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रसिद्ध रेग्मी विजयी भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट रेग्मी ७०६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छोइसाङ लामा ५०७ मत ल्याएर पराजित भए । उनी यसअघिका सभापती समेत हुन् । सचिवमा नेविसंघका उत्सव ढुंगाना ७११ मत सहित विजयी बन्दा उनका अखिल क्रान्तिकारीका दिपेश कार्किले ५४४ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मत सहित विजयी हुँदा उनका प्रतिस्पर्धी राप्रविसका अमन रायले ५४४ मत ल्याए । सदस्यतर्फ पनि गठवन्धनकै मनोज घलान, उमेश चौधरी, दिवश चापागाईं, साजिर अन्सारी, कृषन थिङ, मन्दिप थापा, विवश अर्याल तथा अतीत अधिकारी विजयी भए ।...
राजतन्त्रबारे संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको छः बस्नेत

राजतन्त्रबारे संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको छः बस्नेत

नेपाल । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भइसकेको राजतन्त्रबारे संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन् । बुधवार संसद भवनबाहिर पत्रकारसँग उनले जनतामा निहीत सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका हुन् । उनले संविधानमा व्यवस्था भएको जनतामा निहीत सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने जिकिर गरे । नेपालमा लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने निचोडका साथ आफ्नो पार्टीले २०४८ सालमा निर्णायक आन्दोलन घोषणा गरेको र दशवर्षे जनयुद्ध त्यसैका लागि भएको दावी गरे ।...
नेपालमा एसइई परीक्षा शुरु, ५ लाख विधार्थी सहभागी

नेपालमा एसइई परीक्षा शुरु, ५ लाख विधार्थी सहभागी

नेपाल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ । परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याको आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै ...
राजतन्त्र पुनर्स्थापनाको एजेन्डा लिएर सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा

राजतन्त्र पुनर्स्थापनाको एजेन्डा लिएर सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा

नेपाल । राजतन्त्र पुनर्स्थापनालाई प्रमुख एजेन्डा बनाएर राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा भएको छ । सोमबार काठमाडौंमा विभिन्न राजावादी समूहहरूको भेलाले सुवेदीको संयोजकत्वमा जनआन्दोलन गर्ने निर्णय गरेको हो । उनीहरूले विभिन्न पाँच एजेन्डा राखेका छन् । जसमा राजतन्त्रको पुनर्स्थापना, हिन्दु राज्य, संघीयता खारेजी र भ्रष्टाचार न्यूनीकरण रहेका छन् । उनीहरूले दलहरू र राजसंस्थावादीबच नवीन समझदारी हुनुपर्ने बताएका छन् सुवेदी संयोजक रहेको समितिमा दुर्गा प्रसाईंदेखि राप्रपाका नेता र हिन्दुवादी अभियन्तासमेत छन् । समितिमा कुल ११ जना राखिएको छ । वर्णानुक्रम अनुसार समिति सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङदेन र हरिबहादुर बस्नेत रहेका छन् । समितिमा ...
परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा. राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएका छ। उक्त भेटका क्रममा उहाँहरुबिच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशका साझा चासो र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको छ। भेटका क्रममा मन्त्री डा। राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताउनुभएको छ । नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणको आदानप्रदान तथा आपसी सहकार्...
साम्प्रदायिक एकता खल्बल्याउने कामको बिरुद्धमा एकजुट हुन आग्रह

साम्प्रदायिक एकता खल्बल्याउने कामको बिरुद्धमा एकजुट हुन आग्रह

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसले अझै पनि संघीयता स्वीकार्न नसकेको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा सभापति देउवाले कतिपय मानिसले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका हुन् । उनले कसैले चाहँदैमा संघीयता नफर्किने भन्दै उनले देश संघीयतामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकारप्राप्त गरेको भए पनि संघीयता सुदृढीकरण आवश्यक रहेको बताए। संघीयताको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलका नेतृत्वबीच छलफल हुनु आवश्यक भएको समेत उनको भनाइ छ । संघीयता आएपछि मात्र सबैले राज्यका संरचनामा सहभागिताको अवसर पाएको समेत उनले उल्लेख गरे। उनले साम्प्रदायिक एकता खल्बल्याउने काम भइरहेको भन्दै यसविरुद्ध एकजुट हुन सबैसँग आग्रह गरे।...
नेकपा एमालेको निश्कर्ष–‘राजतन्त्रको बहस निरर्थक’

नेकपा एमालेको निश्कर्ष–‘राजतन्त्रको बहस निरर्थक’

नेपाल । नेकपा एमालेले राजतन्त्रको बहस निरर्थक रहेको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो सार्वजनिक गरेको हो । ‘हामी एक्काइसौं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैमा हास्यास्पद, हानीकारक र निरर्थक विषय हो भन्नेमा विशेष जोड दिन चाहन्छौं,’ बैठकपछि एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले बिज्ञप्ति जारी गर्दै भन्नुभएको छ । ...
‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटीमा पस्न पाउँछन !’

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटीमा पस्न पाउँछन !’

नेपाल । नेकपा (एकीकृत समाजवादी( ले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौँलाई उतार्ने जनाएको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको विरोधसभालाई सफल बनाउन हजारौँलाई उतार्ने सहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो । राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्र पक्षधरहरूले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो। उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गर्नुभयो।...
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मङ्गलबार हुँदै

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मङ्गलबार हुँदै

नेपाल । विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । मङ्गलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुने भएको हो । हरेक दुई वर्षको अन्तरालमा हुनुपर्ने यस्तो निर्वाचन आन्तरिक विवादका कारण केही क्याम्पसमा भने १६ वर्षपछि मात्रै हुँदै छ । केही बाहेक त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । त्यसअघि भने २०६५ सालमा मात्रै निर्वाचन भएको थियो । पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा भने दुई वर्षअघि पनि निर्वाचन हुन सकेको थिएन । त्यहाँ २०६५ सालपछि बल्ल निर्वाचन हुन लागेको छ । यस पटक पनि विद्यार्थी सङ्गठनकै विवादका कारण त्रिविका ६३ वटा आङ्गिकमध्ये केहीमा भने ५ गते निर्वाचन नहुने भएको छ । निर्वाचन हुन नसकेका क्याम्पसमध्ये ...
नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त

नेपाल । नेपाल प्रहरी महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापालाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पहिलो वरीयतामा रहनुभएका एआइजी थापालाई नेपाल प्रहरीको ३१ औँ महानिरीक्षकमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । थापापछि दोस्रो र तेस्रो वरीयतामा क्रमशः एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ हुनुहुन्छ । यता सोमबारनै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाइ गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कुँवरलाई शान्ति, सुरक्षा र अपराध अनुसन्धानमा पुर्याएको योगदानको प्रशंसा गर्दै बिदाइ गर्नुभयो । ...