नेपाल । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पौडेललाई बुधबार चौथो पटक म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्