१९ बैशाख २०८३, शनिबार

राजनीति/समाज

नेपालको राजधानी काठमाडौँमा गणतन्त्रवादी र राजावादीको छुट्टाछुट्टै प्रदर्शन

नेपालको राजधानी काठमाडौँमा गणतन्त्रवादी र राजावादीको छुट्टाछुट्टै प्रदर्शन

नेपाल । नेपालको राजधानी काठमाडौँमा शुक्रबार गणतन्त्रवादी र राजावादीले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । चार दल सामेल रहेको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै काठमाडौँको भृकुटीमण्डपमा सभा गर्ने भएको छ। मोर्चामा रहेका माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्दै बताएको छ भने एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट जुलुस निकाल्ने तय गरिएको छ। त्यस्तै विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ। यसैगरी राजतन्त्रको पक्षमा राजावादी दलहरुसहितको अभियानले आज काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएको छ। राजतन्त्रको पक्षमा अभियान चलाएका दुर्गा प्रसाईले घोषणा गरेपछि यस प्रदर्शनको नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले अ...
गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च पुगे कुलमान

गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च पुगे कुलमान

नेपाल । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी एव सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने उनको माग छ । पाण्डेका अनुसार निवेदन दर्ता भने भेईसकेको छैन । अध्ययनका क्रममा रहेकाले बिहीबारमात्रै दर्ता हुने उनले बताए । निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनको रिट निवेदनमा दाबी गरिएको छ ।...
राजसंस्था पुनःस्थापनाका लागि राप्रपाले वैशाख ७ बाट निरन्तर आन्दोलन गर्ने

राजसंस्था पुनःस्थापनाका लागि राप्रपाले वैशाख ७ बाट निरन्तर आन्दोलन गर्ने

नेपाल । राजसंस्था पुनःस्थापनाका लागि राप्रपा आन्दोलनमा होमिने भएको छ । मङ्गलवार बसेको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ गतेबाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, सङ्घीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो । यसका लागि जुनसुकै समूहले आन्दोलन गरे पनि समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए। राप्रपाले २६ गते काठमाडौँमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गर्ने छ । त्यसपछि राप्रपाले वैशाख ७ गतेबाट निरन्तर आन्दोलन गर्ने छ।...
काम गर्न नसकेको कुलमानमाथिको आरोप कसैले पत्याउदैनः जनार्दन

काम गर्न नसकेको कुलमानमाथिको आरोप कसैले पत्याउदैनः जनार्दन

नेपाल । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् । मंगलबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सरकारले गल्ती गरेको कुरा भविष्यमा पश्चताप हुने उल्लेख गरे । उनले हटाउनुको कारण काम गर्न नसकेको भन्ने आरोप रहेको भन्दै यो आरोप कसैले नपत्याउने जिकिर गरे ।...
देशमा शान्ति चाहिएको छ, उपद्रो गर्ने छुट कसैलाई छैनः ओली

देशमा शान्ति चाहिएको छ, उपद्रो गर्ने छुट कसैलाई छैनः ओली

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको बताउनुभएको छ । काठमाण्डौमा युवा संघको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको भन्दै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । कर्मचारीलाई निकालेकोबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिए संसद् चल्न नदिने कुरा राम्रो नभएको उहाँले उल्लेख गर्नुभयो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै कुलमान घिसिङलाई हटाउनु पार्टीका लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको टिप्पणी गर्नुभयो ।...
सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको ऐक्यबद्धता

सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपाको ऐक्यबद्धता

नेपाल । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियत पूर्वक बर्खास्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्र सेवकलाई बक्यौता रकम उठाउन नदिने षडयन्त्र भएको बताए । भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको वर्तमान सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा रास्वपा पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुने जारी विज्ञप्तिमा उल्लेख छ । ...
देउवाद्वारा केपी ओलीलाई आफ्नो र नेपाली काँग्रेस पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट

देउवाद्वारा केपी ओलीलाई आफ्नो र नेपाली काँग्रेस पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभएको छ। काठमाडौंमा आयोजित पुस्तक विमोचन समारोहमा उनले कांग्रेस सत्तासँग सहकार्य गरिरहेको र प्रधानमन्त्री ओलीलाई साथ रहेको बताउनुभएको हो । सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भन्नुभयो , ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं । हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं ।’...
बिम्स्टेकको सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

बिम्स्टेकको सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

नेपाल । बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको भ्रमणमा जाने भएका छन् । चैत १९ देखि २३ सम्म प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागि हुने प्रतिनिधि मण्डलको भ्रमण सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । बैठकले आगामी वैशाख २ देखि ४ सम्म युएईको अबुधाबीमा सञ्चालन हुने अबुधाबी ग्लोबल हेल्थ विक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सहभागि हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । ...
कुलमान हटाउने निर्णयको गगन र प्रचण्डद्वारा बिरोध

कुलमान हटाउने निर्णयको गगन र प्रचण्डद्वारा बिरोध

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री प्रचण्डे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने कार्यप्रति असन्तुष्टि जनाएका छन् । थापाले आफ्नो अफिसियल फेसबुक पेजमा लेख्दै सरकारको निर्णयलाई उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न नसकिने भन्दै असन्तुष्टि जनाएका हुन् । महामन्त्री थापाले लेखेका छन्, 'आमनागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?’ थापाले भनेका छन्, ‘हामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रील...
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन

नेपाल । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ । नेकपा एमाले नजिकको पत्रकार संगठन चौतारीको सोमबार सम्पन्न दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएपछि पाण्डे सर्वसम्मत चयन हुनुभएको हो । समितिको दुई जना उपाध्यक्षहरुमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिनुभएको छ । त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन हुनुभएको छ । सचिवहरुमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन हुनुभएको छ ।...