२१ बैशाख २०८३, सोमबार

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पार्टी जिम्मेवारीबाट अलग

कोलोराडोखबर संवाददाता , July 28th, 2025

नेपाल । कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस लिएको अडियो प्रकरणमा जोडिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पार्टी जिम्मेवारीबाट अलग भएकी छन् ।

उनले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोक्दै पार्टी जिम्मेवारीबाट अलग भएकी हुन् ।

उनले आफू अस्वस्थ रहेकाले पार्टी काममा लाग्न नसकेको जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्