१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति काँग्रेसको चासो

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति काँग्रेसको चासो

नेपाल । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । सरकारको निर्णयका विषयमा जवाफ माग गर्ने कांग्रेस नेताहरुले प्रतिक्रिया दिएका छन् । आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सामाजिक सञ्जाल बन्द गरेको विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा कांग्रेस जिम्मेवार रहेकाले सरकारको निर्णयप्रति गम्भीर रहेको उनले बताए । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति पार्टीका महामन्त्री गगन थापालगायतले नेताहरुले यसअघि नै आपत्ति जनाइसकेका थिए । ...
जेन-जी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै

जेन-जी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै

नेपाल । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन-जी पुस्ताले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्ने भएका हुन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको विज्ञप्तीमा उल्लेख गरेको छ। जेन–जीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको उल्लेख गरिएको छ । यस्तै उनिहरुले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न भनेका छन् । यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष...
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ हुँदै

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ हुँदै

नेपाल । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सोमबारदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन सोमबार प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेक...
पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन संविधानले रोक्दैनः देउवा

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन संविधानले रोक्दैनः देउवा

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । सरकारका मन्त्रीहरू तत्काल हेरफेर नहुने उनको भनाइ छ। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले नेपाली कांग्रेसको आशन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए। उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।...
नेपालमा आइतबार राति खग्रास चन्द्रग्रहण लाग्दै

नेपालमा आइतबार राति खग्रास चन्द्रग्रहण लाग्दै

नेपाल । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपालमा राति १० बजेर ११ मिनेटमा शुरु भई १ बजेर ४१ मिनेटमा पूरा हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । पञ्चाङ्गहरूका अनुसार १०ः११ मा ग्रहण स्पर्श, ११ः १५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मिलन र १:४१ बजे मोक्ष हुनेछ । नेपाल, भारतसहित एसियाका धेरै देशबाट यो ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने खगोलशास्त्री प्राडा जयन्त आचार्यले जानकारी दिए। फलित ज्योतिशास्त्रअनुसार मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकालाई ग्रहण नहेर्न निर्देश गरिएको छ । अन्य राशिकाले भने हेर्न सक्ने बताइएको छ। मेष राशि भएकालाई लाभ, वृषलाई सुख, मिथुनलाई माननाश र कर्कटलाई कष्ट फल रहेको बताइएको छ। यस्तै सिंहलाई स्त्रीपीडा, कन्यालाई सुख, तुलालाई चिन्ता र वृश्चिकलाई व्यथा फ...
रुपन्देही ३ मा उम्मेदवार चयन गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

रुपन्देही ३ मा उम्मेदवार चयन गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाल । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक आइतबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ। सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार चयन गर्न देउवाले बैठक आह्वान गरेको जनाइएको छ।...
एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूह बनाएर छलफल

एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूह बनाएर छलफल

नेपाल । ललितपुरको गोदावरीमा जारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबीचको विमर्श सकिएको छ । विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो । कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ । प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् । शनिबार दिनभर छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य सुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो । सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको लामाले स्पष्ट पार्नुभयो । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ...
नेपालमा सामाजिक सञ्जाल बन्द गरेपछि सरकारको चौतर्फी विरोध

नेपालमा सामाजिक सञ्जाल बन्द गरेपछि सरकारको चौतर्फी विरोध

नेपाल । फेसबुक लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि सरकारको चौतर्फी विरोध भएको छ । राजनीतिक दलका नेतादेखि सर्वसाधारणले सरकारको सोही निर्णयको चर्को विरोध गरिरहेका छन् । सरकारले संविधानले प्रत्याभूत गरेको नागरिकको सूचना पाउने हकमाथि प्रहार गरेको भन्दै विरोध भइरहेको छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय खारेजीको माग राख्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत पेस भएको छ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आफूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनी गरेको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । ...
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको छ । महाधिवेशनमा विधान संशोधन प्रस्तावका साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको व्याख्यासहितको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देशको हितमा देखिने र सुनिने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा देखिने र सुनिने गरी भूमिका खेल्नुपर्ने र त्यसमा सफल हुने विश्वास व्यक्त गर्नुभयो । कसैलाई मन पर्ने नपर्ने विषयभन्दा हाम्रो यथार्थमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशको समृद्धि र लोकतन्त्रको सुदृढीकरण गर्नमा आफ्नो ध्यान भएको उहाँले प्रस्ट पार्नुभयो । आफ्नो अभियानमा जनताको साथ समर्थन रहेकाले विरोधी शक्तिले ज...
अमेरिकाबाट डिपोर्ट थप १९ जना नेपाली काठमाडौं अवतरण

अमेरिकाबाट डिपोर्ट थप १९ जना नेपाली काठमाडौं अवतरण

नेपाल । अमेरिकाबाट डिपोर्ट गरिएका थप १९ जना नेपाली बिहीबार काठमाडौं अवतरण भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ अध्यागमन अधिकृत अन्जन न्यौपानेका अनुसार २ महिला र १७ पुरुष गरी जम्मा १९ जना नेपाल पठाइएको हो ।