१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न माग

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न माग

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ। यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो । सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ ।’ उनले थपेका छन्, ‘सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ । सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अध...
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बास्कोटा असन्तुष्टि

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बास्कोटा असन्तुष्टि

नेपाल । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’...
नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्छः गगन थापा

नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्छः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासंघको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासंघको बिहीबार आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासंघ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभयो । उहाँले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासङ्घले गर्नुपर्नेमा जोड दिनुभयो । ...
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो । यो दोस्रो विधान अधिवेशन हो । दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन् । बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन् । सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ । सूर्य चिह्न अङ्कित झन्डाले सडक झकिझकाउ बनाएको छ । नेकपा (एमाले) अहिले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा बोकेर महाधिवेशनमा होमिएको छ । ...
भद्रकुमारी घलेलाई ‘साहित्य तथा समाजसेवा रत्न सम्मान’ प्रदान

भद्रकुमारी घलेलाई ‘साहित्य तथा समाजसेवा रत्न सम्मान’ प्रदान

नेपाल । ज्योति साहित्य प्रतिष्ठानले अग्रज राजनीतिज्ञ, साहित्यकार, समाजसेवी सुश्री भद्रकुमारी घलेलाई ‘साहित्य तथा समाजसेवा रत्न सम्मान’ प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राडा गार्गी शर्मा, साहित्यकारहरू पुष्कर लोहनी र मणिराज सिंहले उक्त सम्मान प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा।डा गार्गी शर्माले घले जस्तो निडर, निर्भीक, स्वावलम्बी, समाजसेवी महिला सर्जकलाई हामीले ‘शताब्दी नारी’ भनेर किन नभन्ने १ भन्दै आफ्नो विचार व्यक्त गरिन् । घलेले आफ्नै घरमा आएर आफूलाई सम्मानित गरेकोमा खुसी व्यक्त गरिन् ।...
डा. राजेन्द्र केसीद्वारा लिखित कृति ‘वैकल्पिक सोच’ लोकार्पण

डा. राजेन्द्र केसीद्वारा लिखित कृति ‘वैकल्पिक सोच’ लोकार्पण

नेपाल । डा. राजेन्द्र केसीद्वारा लिखित कृति ‘वैकल्पिक सोच’ लोकार्पण गरिएको छ । पुस्तकमा विचार, व्यवहार, व्यवस्थापन र विश्लेषण गरी चार पक्षलाई फरक तर परस्पर सम्बन्धित ढाँचामा प्रस्तुत गरिएको छ । यस पुस्तकले वैकल्पिक राजनीति र व्यवस्थापनका विभिन्न पक्षलाई नयाँ दृष्टिकोणबाट विश्लेषण पनि गरेको छ । पुस्तक लोकार्पण समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री डा। स्वर्णिम वाग्लेले लेखकको मौलिक अनुभवले पुस्तकलाई अर्गानिक स्वरूप दिएको बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि सही नीति, नियत र नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै ‘वैकल्पिक सोच’ ले आन्तरिक लोकतन्त्र र ‘लिबरल डेमोक्रेसी’ लाई सुदृढ बनाउन मद्दत गर्ने धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक वैकल्पिक राजनीतिज्ञका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आजको समा...
आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चितः गृहमन्त्री

आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चितः गृहमन्त्री

नेपाल । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि वंश कायम हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए । विधेयकमा १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ।...
१५ लाख रुपियाँ धरौटी बुझाएर सांसद बस्नेत रिहा

१५ लाख रुपियाँ धरौटी बुझाएर सांसद बस्नेत रिहा

नेपाल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेककी राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहेकी गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएकी छन् । उनी नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर बुधबार रिहा भएको अदालतका सूचना अधिकारी सरिता अर्यालले जानकारी दिइन् । उनीअदालतमा उपस्थित भई धरौटी बुझाएर रिहा भएको अर्यालले बताइन् । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राप्रपाबाट बर्दियाकी प्रतिनिधिसभा सदस्य बस्नेत, उनका ज्वाँई नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपिकृष्ण शर्मा, विनाधितो ऋण लिने बर्दियाकै शिवलाल लामिछानेसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । बस्नेतविरुद्ध एक वर्षअघि नै पक्राउपूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनको पार्टीले पनि अदालतमा उपस्थित भएर छानविनलाई सहयोग गर्न निर्देशन दि...
आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन

आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे । उनले पार्टीले पछिल्लो समय जनतामाँझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए । ...
पाँचदिन लामो चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्किए

पाँचदिन लामो चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्किए

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिन लामो चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासीवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औँ वार्षिकोत्सव कार्यक्रममा बुधबार सहभागी भएका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शनिवार ओली चीन प्रस्थान गरेका थिए । २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको थियानचिनतर्फ लागेका थिए । ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन गएका हुन् । उनले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । ओलीले लिम्पियाधुरा सीमा अतिक्रमणबारे चीनसँग कुरा उठाएको पेकिङस्थित नेपाली दूतावास र परराष्ट्र सचिव अमृतबहादुर राईले प्रेस नोट जारी गरेका थिए ।...