१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

नेपालमा राति १० बजेदेखि नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन

नेपालमा राति १० बजेदेखि नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन

नेपाल । नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि परिचालित हुने भएको छ । सेनाले विज्ञप्तिमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्ननगराउन आग्रह गरेको हो । सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातिको १० बजेदेखि दृढ रहने प्रतिबद्ध जनाएको छ । सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरेको छ । सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान काठमाडौँ...
‘जेन-जी’ आन्दोलनमा भएको घटना दुःखदः एमाले

‘जेन-जी’ आन्दोलनमा भएको घटना दुःखदः एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ । आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । “आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ। ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ। यो एउटा हृदयविदारक र दुःखद घटना हो”, विज्ञप्तिमा भनिएको छ। एमालेले आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरेको छ। यस्तै, घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेक...
जेन-जी प्रदर्शनमा भएको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः गगन थापा

जेन-जी प्रदर्शनमा भएको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारको औचित्यमाथि प्रश्न उठाउँदै सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले विज्ञप्तिमार्फत् राखेका धारणा यस्ता छन् । ‘कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ’, उनले भनेका छन् । थापाले जेनजीले उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्‍दै उनले  मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन् ।...
जेनजी प्रदर्शनमा भएको दमन र हत्या बिरुद्ध काठमाडौंमा ३ दिन शैक्षिक संस्था बन्द

जेनजी प्रदर्शनमा भएको दमन र हत्या बिरुद्ध काठमाडौंमा ३ दिन शैक्षिक संस्था बन्द

नेपाल । काठमाडौँ महानगरपालिकाले भदौ २४ देखि २६ गतेसम्म शैक्षिक संस्था तीन दिन बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी प्रदर्शनमा भएको दमन र हत्या बिरुद्ध मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई तीन दिन दिन बन्द गर्ने निर्णय गरेको हो । सोमबार भएको जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।...
काठमाडौं र ललितपुरमा मंगलबार पनि कर्फ्यू आदेश जारी

काठमाडौं र ललितपुरमा मंगलबार पनि कर्फ्यू आदेश जारी

नेपाल । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाएको छ । मङ्गलबार आज बिहान ८ः३० बजेदेखि काठमाडौँको रिङ्ग रोड चक्रपथभरि प्रशासनले कर्फ्यू लगाएको हो । काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । ललितपुरमा पनि कर्फ्यू ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम मङ्गलबार बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो । कर्फ्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्ष...
नेपालको शैक्षिक विकासमा योगदान पुर्याउने सात अग्रज व्यक्तित्व सम्मानित

नेपालको शैक्षिक विकासमा योगदान पुर्याउने सात अग्रज व्यक्तित्व सम्मानित

नेपाल । ज्येष्ठ प्राध्यापक समाजले चाडपर्व विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको शैक्षिक विकासमा योगदान पुर्याउने सात अग्रज व्यक्तित्वलाई सम्मानित गरेको छ । समाजले कानुन विषयको शैक्षिक उन्नयनमा समर्पित अग्रज व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मानित गर्यो । यसै गरी शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउने प्राडा वज्रराज शाक्य, प्रा। शिवमान जोशी, प्राडा सर्वज्ञभक्त मल्ल तथा प्रा. कोमलबदन मल्ल, प्रा। नुतनबहादुर थपलिया र प्रा. प्रेमलता तुलाधरलाई पनि सम्मानित गरिएको छ । प्रतिकूल स्वास्थ्यका कारण उपस्थित हुन असमर्थ प्रा. थपलिया र प्रा. तुलाधरलाई घरमै गएर सम्मानपत्र प्रदान गर्ने समाजले जनाएको छ । समाजका अध्यक्ष डा. विमलकुमार शर्माले ९० वर्षको उमेर पार गरिसकेका अग्रज व्यक्तित्वको सम्मान गर्न पाउँदा समाज आफैँ सम्मानित भएको अनुभूति भएको बताउनुभयो । उक्त अवसरमा सम्मानित प्राध्यापकह...
प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले दिए राजीनामा

प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले दिए राजीनामा

नेपाल । नेपालमा जेन–जी पुस्ताको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन् । गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । ...
जेन-जी पुस्ताको भ्रष्टाचार बिरोधी आन्दोलनमा दमन, १९ जनाको मृत्यु, विभिन्न शहरहरुमा कर्फ्यू

जेन-जी पुस्ताको भ्रष्टाचार बिरोधी आन्दोलनमा दमन, १९ जनाको मृत्यु, विभिन्न शहरहरुमा कर्फ्यू

नेपाल । जेन–जी पुस्ताले भ्रष्टाचार बिरुद्ध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध बिरुद्ध आज नेपालमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । सयौं घाइतेहरुको अवस्था गम्भीर रहेको समाचार प्राप्त भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन काठमाडौं, ललितपुर, भैरहवा, पोखरा, भरतपुर, इटहरी, बिर्तामोड जस्ता शहरहरुमा कर्फ्यू आदेश जारी भएको छ । प्रहरीको गोली लागेर काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा काठमाडौंको संसद भवन, भरतपुर नगरपालिका, इटहरी नगरपालिका, बिर्तामोड नगरपालिकाको भवनमा आगजनी भएको छ । हजारौंको संख्यामा जेन–जी पुस्ता आन्दोलनमा उत्रिएको थियो । मानव अधिकार आयोगले आन्दोलनकारीहरुलाई उत्तेजित पारेर सरकारबाटै हिंसात्मक घटना गराएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । ...
एमालेको दोस्रो विधान महाधिवेशन महाधिवेशनबाट प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मतिले पारित

एमालेको दोस्रो विधान महाधिवेशन महाधिवेशनबाट प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मतिले पारित

नेपाल । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै आइतबार साँझ महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनको बन्द सत्रमा अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्माणार्थ पेश गर्नुभएको थियो । महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूले तालिका ध्वनिसहित प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेका हुन् । यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा पहिलो पटक एमालेले आफ्नो लोगोमा प्रयोग हुने हँसिया–हथौडाको रङ्ग परिवर्तन गरेको छ । अघिसम्म सेतो रंगमा प्रयोग हुँदै आएको लोगो अब रातो रंगमा हुनेछ, जसमा सुनौलो हँसिया–हथौडा अङ्कित हुनेछ । यस्तै पार्टी विधानबाट ७० ...