१२ भाद्र २०८३, शुक्रबार

राजनीति/समाज

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारनेपालको संविधानको धारा–६१ बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुक्रबारनै प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । नयाँ संविधान जारी भएयता सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन हुँदै आएका थिए, तर कार्कीको नियुक्ति भने धारा–६१ अनुसार भएको छ । यो नियुक्ति युवा (जेन–जी) आन्दोलनको दबाब र भ्रष्टाचारविरोधी अभियानको परिणामस्वरूप भएको हो । यस धारामा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान तथा संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने उल्लेख छ । साथै, राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालना तथा संरक्षण गर्ने जिम्मेवारी पनि यही धारामा समेटिएको छ । यद्यपि, धारा–६१...
सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन समझदारी

सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन समझदारी

नेपाल । जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन् । तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको नियुक्तिमा ढिलाइ भएको छ । अन्तरिम सरकार गठनका लागि संवैधानिक प्रावधानका विषयमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरबीच बिहीबार राति साढे १० बजेदेखि करिब साढे ४ घण्टा वार्ता भएको थियो । वार्तामा कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी थिइन् । पूर्वप्रधानन्यायाधीश कार्कीसँग छलफल गर्नुपूर्व राष्ट्रपति पौडेलले संविधानविद्, सभामुख देवराज ...
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

नेपाल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ। मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ। निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ। त्यसैगरी अहिले ३२१ जना घाइते...
कारागारबाट भागेका अभियुक्त र बन्दीलाई सम्पर्कमा आउन आग्रह

कारागारबाट भागेका अभियुक्त र बन्दीलाई सम्पर्कमा आउन आग्रह

नेपाल । नेपाल प्रहरी प्रधान कार्यालयले जेनजीका नाममा भएको आन्दोलनका क्रममा हिरासतमा रहेका अभियुक्त र अदालतबाट तोकिएको सजाय भुक्तान नगरी कारागारबाट भागेका अभियुक्त र बन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । विज्ञप्ति सार्वजनिक गर्दै प्रहरी महानिरीक्षकको सचिवालयले यस्तो अनुरोध गरेको हो । सचिवालयले भनेको छ, ‘अनुसन्धानकाक्रममा हिरासतमा रहेका अभियुक्त र कैदी बन्दीलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी एकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा समेत यथाशिघ्र सम्पर्कमा आउनुहुन अनुरोध गरिएको छ ।’...
गणतान्त्रिक शासन व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतामा कसैसँग सम्झौता गर्न सकिन्नः रास्वपा

गणतान्त्रिक शासन व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतामा कसैसँग सम्झौता गर्न सकिन्नः रास्वपा

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ । रास्वपाले बिहीबार तीन बुँदे तात्कालीन प्रस्ताव जारी गर्दै नेपालको संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यता कसैसँग कहिल्यै सम्झौना नगर्ने स्पष्ट पारेको हो । कार्यवाहक सभापति डोलप्रसाद अर्यालका नाममा जारी प्रस्तावमा राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिनुपर्नेमा जोड दिइएको छ ।...
काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता

काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता

नेपाल । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ । पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गर्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले जनधनको सुरक्षाका लागि सो व्यवस्था कायम राख्नुपर्ने निष्कर्ष निकालेका हुन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उपत्यकामा मिति भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ । यस्तै, भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ । ...
नेपाली सेना र जेनजी समूहको वार्ताबाट बिहीबारनै निकास आउने आँकलन

नेपाली सेना र जेनजी समूहको वार्ताबाट बिहीबारनै निकास आउने आँकलन

नेपाल । जेनजी समूह र नेपाली सेनाबीच बिहीबार वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन । जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबारमात्रै ग्रुप लिडरको नाम लिएर आउन आग्रह गरेको थियो । जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनुपर्ने बताएपछि अर्को समूह हर्क साम्पाङलाई बनाउनुपर्ने भन्दै जंगी अड्डा पुगेको थियो ।...
त्रिभुवन विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि यात्रुहरूको भीड

त्रिभुवन विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि यात्रुहरूको भीड

नेपाल । आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल आज साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिनुभयो । विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ ।...
जेनजी आन्दोलनका क्रममा ३० जनाको मृत्यु, १ हजार बढी घाइते

जेनजी आन्दोलनका क्रममा ३० जनाको मृत्यु, १ हजार बढी घाइते

नेपाल । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो । निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ । यस्तै अहिले २७४ जना घाइतेको भर्ना भई उ...
संविधानभित्रै रहेर निकास खोज्न गगन थापा र विश्वप्रकाश शर्माको अनुरोध

संविधानभित्रै रहेर निकास खोज्न गगन थापा र विश्वप्रकाश शर्माको अनुरोध

नेपाल । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २०७२ को संविधान भित्रै रहेर, संयमता अपनाएर निकास खोज्न लागिपर्ने बताएका छन् । उनीहरुले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा विधि विहीनताले थप अराजकता निम्त्याउन सक्ने भएकाले वार्ताका क्रममा राष्ट्रपति र जेनजीलाई वैधानिक बाटो अपनाउन अनुरोध गरेका छन् ।...